जलवायु अनुकूलन अबको जीवन पद्धति : मुख्यमन्त्री सिंह | Khabarhub Khabarhub

जलवायु अनुकूलन अबको जीवन पद्धति : मुख्यमन्त्री सिंह


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु अनुकूलनको विषय अब जीवन पद्धतिसँग जोडिएको बताएका छन् ।

संसार नै जलवायु परिवर्तनको असरले प्रभावित भइरहेका बेला अब चराचर प्राणीजगत्को जीवनका लागि जलवायु अनुकूलनतिर अग्रसर हुन अपरिहार्य बनेको उनले उल्लेख गरे ।

सिंहले बर्दिबासमा विभिन्न १४ वटा सामाजिक सङ्घसंस्थाले आज आयोजना गरेको ‘स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन’ छैटौँ राष्ट्रिय सम्मेलनको उद्‌घाटन गरे । 

जलवायु परिवर्तनका नकारात्मक असर घटाउँदै लान यो परिस्थितिभित्रबाटै सकारात्मक पहलकदमी आवश्यक रहेको उनको भनाइ छ । विषादीरहित प्राङ्गारिक खेतीपाती, सन्तुलित आहारविहार, प्रकृति संरक्षण र वातावरणीय सन्तुलनका लागि सघन वृक्षारोपणजस्ता विषय जलवायु अनुकूलनसँग जोडिएका हुँदा यसको अनुसरण अनिवार्य बनेको मुख्यमन्त्री सिंहले स्पष्ट पारे । 

जलवायु अनुकूलन सचेतना मधेसका बस्तीबस्तीमा पुर्‍याउन स्थानीय तह र सामाजिक सङ्घसंस्थाको नेतृत्वदायी भूमिका हुनपर्ने सिंहको भनाइ छ । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड नयाँ बिरुवा रोपिने अभियान थालेको बताए। अब गरिने वृक्षरोपण माटो जाँच र रोपिने बिरुवाको वातावरणीय विशेषता निर्क्यौल गरेर मात्र रोप्नुपर्ने उनको भनाइ छ । 

सम्मेलनमा जलवायु अनुकूलनसँग जोडिएका गरिबी र असमानतालाई सम्बोधन गर्न अनुकूलन क्रियाकलापको प्रभावकारिता, अनुकूलन क्रियाकलापलाई बढावा दिन नीतिगत वातावरण निर्माण र स्थानीय अनुकूलन क्रियाकलापको विश्वव्यापी लक्ष्यबारे घनिभूत छलफल गरिएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले जानकारी दिए।

सम्मेलनबाट जलवायु अनुकूलनसम्बन्धी विषयवस्तुबारे थप जानकारी प्राप्त गरेको बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले बताए। सम्मेलनमा जलवायु अनुकूलन खेती अँगाल्दै आएका कोशी र बागमती प्रदेशका किसान समूह पनि सहभागी छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ४ : ५७ बजे

‘उच्च मनोबलका साथ ट्राफिक व्यवस्थापनमा खटिसकेका छौँ’

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोबलका साथ ट्राफिक

जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको ललितपुरको च्यासलस्थित

चीनसँगको टिकटक सम्झौताका लागि निकै नजिक : अमेरिकी अर्थ प्रमुख

म्याड्रिड– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा रुइत

काठमाडौं– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरूप देखिएका संरचनाको