झापामा भारतीय ट्रकमा आगजनी, प्रसाईंका दुई कार्यकर्ता समातिए | Khabarhub Khabarhub

झापामा भारतीय ट्रकमा आगजनी, प्रसाईंका दुई कार्यकर्ता समातिए


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं- झापामा दुईवटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नागरिक प्रतिरक्षा बल (पीडीएफ) ले झापामा यातायात बन्दका क्रममा ट्रक जलाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले ट्रक आगजानीमा संलग्न रहेको आरोपमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका दुई सदस्य पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का ४० वर्षीय भिम लिम्बू तुम्वापो र नागरिक प्रतिरक्षा बलकै कार्यकर्ता बिर्तामोड नगरपालिका–७ का ३९ वर्षीय विजय चौधरी छन् ।

प्रवक्ता चन्दका अनुसार पक्राउ परेका दुवैजनलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ ।

ट्रक आगजानीमा संलग्न अन्य व्यक्ति फरार रहेकाले खोजी जारी रहेको चन्दले बताए ।

उक्त समूहले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी स्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय ट्रक जलाएका थिए ।

आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकहरूको अहिले उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ६ : ३३ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका