झापामा भारतीय ट्रकमा आगजनी, प्रसाईंका दुई कार्यकर्ता समातिए « Khabarhub

झापामा भारतीय ट्रकमा आगजनी, प्रसाईंका दुई कार्यकर्ता समातिए


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं- झापामा दुईवटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नागरिक प्रतिरक्षा बल (पीडीएफ) ले झापामा यातायात बन्दका क्रममा ट्रक जलाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले ट्रक आगजानीमा संलग्न रहेको आरोपमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका दुई सदस्य पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का ४० वर्षीय भिम लिम्बू तुम्वापो र नागरिक प्रतिरक्षा बलकै कार्यकर्ता बिर्तामोड नगरपालिका–७ का ३९ वर्षीय विजय चौधरी छन् ।

प्रवक्ता चन्दका अनुसार पक्राउ परेका दुवैजनलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ ।

ट्रक आगजानीमा संलग्न अन्य व्यक्ति फरार रहेकाले खोजी जारी रहेको चन्दले बताए ।

उक्त समूहले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी स्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय ट्रक जलाएका थिए ।

आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकहरूको अहिले उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ६ : ३३ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न