हिजबुल्लाह इजरायलविरुद्ध एक्लै खडा हुन सक्दैन : इरानी राष्ट्रपति « Khabarhub

हिजबुल्लाह इजरायलविरुद्ध एक्लै खडा हुन सक्दैन : इरानी राष्ट्रपति


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताएका छन् ।

‘पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देश विरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन’, पेजेस्कियनले सिएनएनसँगको अन्तर्वार्तामा भने । 

उनले ‘लेबनानलाई अर्को गाजा बन्न नदिन’ अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । लेबनानमा सोमबार भएको इजरायली हमलामा ३५ बालबालिका सहित करिब ५०० जनाको मृत्यु भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार छ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो सङ्ख्यामा’ हिजबुल्लाहका लडाकूहरू मारिएको बताएको छ । यसमा बेरुतमा ‘लक्षित आक्रमण’ पनि समावेश थियो । इजरायली सेनाले यसलाई ‘अपरेसन नर्दन एरो’ भनेको थियो ।

इरानले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई इजरायल विरुद्ध ‘तत्काल कारबाही गर्न’आह्वान गरेको छ । 

‘इरान उदासीन रहनेछैन’, विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा भने, ‘हामी लेबनान र प्यालेस्टाइनका जनताको साथमा उभिएका छौँ।’ 

हिजबुल्लाहको सञ्चार उपकरण लक्षित आक्रमणमा ३९ जनाको मृत्यु भएको र लगभग तीन हजार घाइते भएको एक हप्ताभन्दा पनि कम समयमा इजरायली आक्रमणहरू सुरु भएका हुन् । 

संयुक्त राष्ट्र सङ्घको वार्षिक महासभाका लागि न्यूयोर्क भ्रमणमा रहेका पेजेस्कियनले इजरायललाई युद्धोन्मादको आरोप लगाएका छन् ।

‘यदि मध्यपूर्वमा ठुलो युद्ध भयो भने यसले विश्वव्यापी रूपमा कसैलाई फाइदा पुर्‍याउने छैन भन्ने कुरा हामी सबैलाई राम्रोसँग थाहा छ’, पेजेस्कियनले गोलमेज सम्मेलनमा सञ्चारकर्मीलाई भने, ‘इजरायलले व्यापक द्वन्द्वको अवस्था सिर्जना गर्न खोज्दैछ ।’ 

इरानले विगत १०० वर्षमा कहिल्यै युद्ध सुरु नगरेको उनले बताए । तर कसैलाई पनि इरानी सुरक्षा र क्षेत्रीय अखण्डतालाई खतरामा पुर्‍याउने अनुमति नभएकोमा उनले जोड दिए।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : २३ बजे

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १

नेपाल बुद्धिचाल महासंघको नेतृत्वमा दिपेन राई

काठमाडौँ – नेपाल बुद्धिचाल महासंघको विशेष साधारणसभाले पुरानो कार्यसमितिप्रति अविश्वास

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को