‘गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय धाइरहेको छु’ | Khabarhub Khabarhub

‘गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय धाइरहेको छु’


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा जोडेर आफूलाई फसाउने गरी सरकारले योजना बनाइरहेको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च:मतीबाट फेसबुक लाइभमा देखिएका उनले आफू झोला भिरेरै गिरफ्तारी दिन तम्तयार रहेको पनि बताए ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक एमव् पूर्वडीआईजी छविलाल जोशीको बयानबाट आफूलाई पक्राउ गर्न सकिन्छ भन्ने प्रयासमा सरकार लागिरहेको उनले बताए ।

‘छविलाल जोशीको बयानबाट पनि मलाई पक्राउ गर्न सकिने बाटो सरकारले खोजिरहेको छ’, उनले भने, ‘म गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय आएको छु ।’

उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापातिर लक्षित गर्दै सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि नभएकाले अब राजनीतिक कसले छाड्ने भन्ने द्विविधा आएको पनि बताए ।

‘सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभए राजनीति नै छाड्छु भन्नेहरू पनि थिए’, उनले भने, ‘अरुले राजनीति नछाडे पनि आफू सहकारी ठग पुष्टि भएको भए राजनीति छोडिदिन तयार भएर बसेको छु ।’

यसअघि महामन्त्री थापाले सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभएमा राजनीति छाड्न तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : ०३ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो