‘गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय धाइरहेको छु’ « Khabarhub

‘गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय धाइरहेको छु’


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा जोडेर आफूलाई फसाउने गरी सरकारले योजना बनाइरहेको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च:मतीबाट फेसबुक लाइभमा देखिएका उनले आफू झोला भिरेरै गिरफ्तारी दिन तम्तयार रहेको पनि बताए ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक एमव् पूर्वडीआईजी छविलाल जोशीको बयानबाट आफूलाई पक्राउ गर्न सकिन्छ भन्ने प्रयासमा सरकार लागिरहेको उनले बताए ।

‘छविलाल जोशीको बयानबाट पनि मलाई पक्राउ गर्न सकिने बाटो सरकारले खोजिरहेको छ’, उनले भने, ‘म गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय आएको छु ।’

उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापातिर लक्षित गर्दै सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि नभएकाले अब राजनीतिक कसले छाड्ने भन्ने द्विविधा आएको पनि बताए ।

‘सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभए राजनीति नै छाड्छु भन्नेहरू पनि थिए’, उनले भने, ‘अरुले राजनीति नछाडे पनि आफू सहकारी ठग पुष्टि भएको भए राजनीति छोडिदिन तयार भएर बसेको छु ।’

यसअघि महामन्त्री थापाले सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभएमा राजनीति छाड्न तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : ०३ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ