सिटीले ५-० को जित निकाल्दा हलान्डको शानदार प्रदर्शन « Khabarhub

सिटीले ५-० को जित निकाल्दा हलान्डको शानदार प्रदर्शन


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एर्लिङ हलान्डको शानदार प्रदर्शनमा म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा स्पार्टा प्रागमाथि ५-० को प्रभावशाली जित निकालेको छ।

तेस्रो मिनेटमा फिल फोडेनको गोलमा अग्रता लिएको सिटीका लागि दोस्रो हाफमा हलान्डले दुई गोल गरे। पहिलो हाफमा दुई पटक विपक्षी गोलरक्षक पिटर भिन्दाहीबाट रोकिएका हलान्डले साभिन्होसँगको सहकार्यमा ५८ औँ मिनेटमा गोल गरेका थिए।

६४ औँ मिनेटमा अर्को गोल गरेपछि उनको च्याम्पियन्स लिगमा गोल सङ्ख्या ४४ पुगेको छ। ६४ औँ मिनेटमा जोन स्टोन्सले सिटीका लागि अर्को गोल गरेका थिए। म्याथ्यु नुनेजले खेल सकिन केही मिनेट अघि पेनाल्टीमा गोल गरेका थिए।

अर्को खेलमा डर्वीन नुनेजको गोलमा आरबी लुइपिगलाई १-० ले हराउँदै लिभरपुलले शतप्रतिशत विजयी यात्रा तेस्रो खेलसम्म कायम राखेको छ। आर्ने स्लटको प्रशिक्षणमा लिभरपुलको यो १२ औँ खेलमा ११ औँ जित हो। इङ्लिस प्रिमियर सिपमा शीर्ष स्थानमा रहेको लिभरपुल यस च्याम्पियन्स लिगको अङ्क तालिकामा पनि शीर्ष स्थानमा उक्लेको छ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ६ : ३३ बजे

श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको

पिउनै नहुने ‘एक्सट्रिम इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’

काठमाडौं– पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय

धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका गएपछि अर्को नायक

रविको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, हेर्दाहेर्दैमा राखेर निरन्तर बहस

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र

गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले