साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्ने | Khabarhub Khabarhub

साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्ने


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ का दुई खेल हुँदैछ । आज माल्दिभ्स र भुटान तथा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे १ बजे हुने पहिलो खेलमा माल्दिभ्स र भुटान खेल्नेछन् । यस्तै, अपराह्न साढे ५ बजे नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘बी’ मा हाल नेपाल २ खेलबाट ४ अंकसहित शीर्षस्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंकाअंकसहित तेस्रो स्थानमा छ । दुवै खेलमा हार बेहोरेको माल्दिभ्स सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ ।

अहिलेसम्म नेपाल, भुटान र श्रीलंका तीनवटै देशको सेमिफाइनल सम्भावना कायमै रहेको छ ।

आज नेपालले श्रीलंकासँग बराबरी खेले मात्रै पनि सेमिफाइनलको यात्रा तय गर्नेछ । यस्तै, भुटानले पनि बराबरी खेले पुग्नेछ ।

जारी प्रतियोगितामा समूह ‘ए’बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् । पाकिस्तान भने समूह चरणबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ७ : २५ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले