संग्रौलाको ‘जुनकिरीको सङ्गीत’ रजत वर्ष संस्करण बजारमा « Khabarhub

संग्रौलाको ‘जुनकिरीको सङ्गीत’ रजत वर्ष संस्करण बजारमा


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ पहिलो पटक प्रकाशन भएको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ ।

पर्वतस्थित दलित बस्तीको यथार्थ चित्रण, उत्पीडितहरूको सामूहिक जागरण र जात व्यवस्थाविरुद्ध सामाजिक सङ्घर्षको कथा बोकेको उपन्यासलाई बेला पब्लिकेसन्सले ‘रजत वर्ष संस्करण’काे रुपमा बजारमा ल्याएको हो ।

दोस्रो संस्करणलाई उपन्यासकार संग्रौलाले ‘गोडमेल संस्करण’को संज्ञा दिएका छन् । उनले ‘उपन्यासको मूलविषय  र दृष्टिकोणलाई यथावत् राखेर वर्णन र वृत्तान्त एवम् संरचना र शैलीमा सानोतिनो गोडमेल भएको बताए ।

२०५६ सालमा पहिलो संस्करण प्रकाशित भएपछि ‘जुनकिरीको सङ्गीत’ आमपाठक वृत्तमा बहुचर्चित भएपनि कम्युनिस्ट वृत्तमा विवादित उपन्यासका रुपमा समेत प्रचारित भएको थियो ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को शीर्ष नेतृत्वले उपन्यास र उपन्यासकार दुवैको सैद्धान्तिक आलोचना गरेका थिए ।

यसबारे संग्रौला भन्छन्– ‘मार्क्सवाद सन्देह, प्रश्न र वादविवादका माध्यमले हरेक कुराको सत्यताको परीक्षण गर्ने दर्शन हो । आफ्नै चिन्तन र व्यवहारको नित्य सजग आलोचक भई विकसित भएको दर्शन हो यो ।’

पर्वत जिल्लाका दलित बस्तीको कथा बुनिएको उपन्यासमा पात्रहरूको संवादमा स्थानीय लवजको प्रयोग गरिएको छ । परिशोधित संस्करणमा आञ्चलिक भाषा, लवज र शैलीमा पनि पर्याप्त सम्पादन गरिएको छ । 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ८ : २७ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको