स्वर्णिमको दाबी : रविलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको पुष्टि भयो « Khabarhub

स्वर्णिमको दाबी : रविलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको पुष्टि भयो

रास्वपाले पोखरामा अन्तिम प्रदर्शन गर्दै, अब काठमाडौं केन्द्रित हुने


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको आरोप लगाएको छ ।

कास्कीको पोखरामा आज बिहान पत्रकार सम्मेलन गरी पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सभापति लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएको ६ दिन बितिसक्दा ४–५ घण्टामात्रै बयान लिनु यसैको पुष्टि रहेको बताए । उनले कागजात पुगेन भनेर फेरि म्याद थप्न खोजिएको बताए ।

उनले भने, ‘हाम्रो सभापतिलाई दाल भात खुवाउन ल्याएको हो पोखरा ? देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो । १२५ घण्टामा ४–५ घण्टामात्रै बयान भएको छ । कागजात पुगेन भनेर फेरि म्याद थप्ने तयारी गरेको छ ।’

सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई थुनामा राखेको उनको आरोप छ । भ्रष्टाचार गरेको हो भन्ने विषयमा कुनैपनि प्रतिवेदनमा प्रमाणित नभइसकेको अवस्थामा सभापतिलाई पक्राउ गर्नु उचित नभएको पनि बताए ।

उपाध्यक्ष वाग्लेले न्यायपालिकाबारे आफ्नो पार्टीका कसैले नकारात्मक टिप्पणी नगरेको स्पष्ट पारे ।

न्यायालयको फैसलामा विमति राख्नुपर्ने अवस्था आए पनि स्वीकार गर्ने भन्दै उनले छानीछानी डीएसपी र सीडीओ पठाउने काम भइरहेको उल्लेख गरे ।

उपाध्यक्ष वाग्लेले अब पोखरा केन्द्रित आन्दोलन रोकेर काठमाडौंमा प्रदर्शन गर्ने जानकारी दिए । उनले पोखरामा आज हुने प्रदर्शन अन्तिम हुने बताए ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन् । उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन् ।

उनले सहकारी पीडितहरू आफूहरूको आन्दोलनमा सहभागी भएको दाबी गर्दै नक्कली पीडितले प्रदर्शन गरिरहेको बताए ।

यो पनि –

लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १० : ३७ बजे

खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

चितवन– चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा

बैंकिङ क्षेत्रमा निक्षेप र ऋण प्रवाह दुवै घट्यो, विपन्न वर्ग कर्जामा ठूलो गिरावट

काठमाडौं– असोज महिनाको तुलनामा कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थामा

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

चितवन–  जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गी र

मधुवनीमा गोठघरमा आगलागी

मलङ्गवा– गोडैता नगरपालिका–१२ मधुवनीमा शनिबार साँझ आगलागी हुँदा एक घरगोठ

शुक्लाफाँटामा जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास बनेन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनः स्थापनाका लागि