म्याद थपका लागि रवि र छविलाई अदालत लगियो « Khabarhub

म्याद थपका लागि रवि र छविलाई अदालत लगियो


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारीको रकम हिनामिना र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

लामिछानेको म्याद थपसम्बन्धी निवेदन न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा परेको छ ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेमाथि अनुसन्धानका लागि दिइएको म्याद सकिएपछि आज म्याद थपका लागि अदालतमा लगिएको हो ।

यस्तै, गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआईजी  छविलाल जोशीलाई पनि अदालत लगिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा लगाइएको छ । 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ११ : ५६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु