नगरपालिका र क्याम्पसको विवादकैबीच संरचना भत्काइयो « Khabarhub

नगरपालिका र क्याम्पसको विवादकैबीच संरचना भत्काइयो


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाले भक्तपुर बहुमुखी क्याम्पसको गेट, खानेपानी ट्याङ्कीलगायतका संरचना भत्काएको छ ।

 क्याम्पससँगै रहेको भाजु पोखरीको दक्षिणतर्फ २० फिटको सडक खोल्न भन्दै नगरपालिकाले क्याम्पस प्रशासनलाई कुनै जानकारी नै नदिइ क्याम्पसको संचरनामा दुई डोजर चलाएर भत्काएपछि क्याम्पस प्रशासनले सुरक्षाको माग गरेको छ ।

क्याम्पस प्रमुख कविता लुइँटेलले त्रिभुवनविश्व विद्यालयअन्तर्गत रहेको सो क्याम्पसमा नगरपालिकाले संरचना भत्काएको बताए। 

उनले भने, ‘पोखरीमा बाटो बनाउन नगरपालिकाले क्याम्पसको जग्गा मागिरहेको थियो, मैले दिन मिल्दैन, यो त्रिभुवन विश्वविद्यालयको जग्गा हो, उसको निर्णय आउन कुरिदिनुस् भनेको थिए, तर नगरपालिकाले कुनै जानकारी नै नदिई डोजर ल्याएर क्याम्पसको संरचना भत्काएको छ, क्याम्पसको अर्बौँको सम्पत्तीसमेत जोखिममा परेको छ ।’

त्रिभुवन विश्वविद्यालयले गठन गरेको जग्गा छानविन आयोगले बुधबार मात्रै स्थलगत अवलोकन गरेर गएको र त्यसको प्रतिवेदन बुझाएपछि आएको निर्णयानुसार दुवैको सहमतिमा काम गर्ने भनेर नगरपालिकालाई भनेको उनले बताए।

क्याम्पस प्रमुख लुईटेलले भने, ‘नगरपालिकाले पठाएको प्रत्येक पत्र विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पठाएका छौँ, उताबाट जवाफ नआउँदै नगरपालिकाले डोजर चलायो, दुई घण्टा कुरिदिनु विश्वविद्यालयमा यसबारे बैठक बस्दैछ भन्दा पनि मानेन ।’

क्याम्पस कल्याण कोषका संयोजक शेरसिंह राईखोलाले नगरपालिकासँग कसरी सहमति गरेर जान सकिन्छ भनेर पटक पटक आफै बसेर छलफल गरिरहेको अवस्थामा अचानक सरकारी संरचनामाथि डोजर चलाएर क्याम्पसको जग्गा कब्जा गरिएको बताए।

विद्यार्थी नेता चुडामणि पौडेलले क्याम्पसको जग्गा कब्जा गरेर नगर प्रहरी र यहाँ आएका कर्मचारीले विरोधमा उत्रिएका विद्यार्थी तथा क्याम्पस कर्मचारीमाथि हातपात गरेको आरोप लगाए।

नगर प्रमुख सुनिल प्रजापतिले भाजु पोखरी निर्माण सम्पन्न भइसकेको अवस्थामा क्याम्पसले ओगटेको जग्गामा २० फिटको सडक बनाउन खोज्दा वर्षौदेखि अटेर गरि बसेकाले बाध्य भएर डोजर चलाउनुपरेको बताए।

उनले २०२१ सालको नक्सामा उक्त जग्गा पोखरीको डिल भएको उल्लेख रहेको र पोखरीको जग्गा क्याम्पसले ओटगेकाले उक्त जग्गामा पोखरीको दक्षिणतर्फ परम्परागत शैलीमा सडक निर्माण गर्न केही सामान्य संरचना भत्काइएको बताए।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १२ : ४२ बजे

रत्ननगरले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने

चितवन– रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट

रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

काठमाडौं- लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ