आन्तरिक पर्यटकको रोजाइमा ढोरपाटन शिकार आरक्ष | Khabarhub Khabarhub

आन्तरिक पर्यटकको रोजाइमा ढोरपाटन शिकार आरक्ष


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दीपूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । 

घुमघामका लागि अनुकुल शरदयाममा दशैँ, तिहार, छठ लगायत चाडपर्वको लामो बिदा पारेर शिक्षक, विद्यार्थी, कर्मचारी, आमा समूह, युवा क्लबको टोली बनाएर ढोरपाटन घुम्न आएका हुन् । 

चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म पाँच हजार दुई सय चार जना पर्यटकले ढोरपाटन भ्रमण गरेका शिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए। साउनमा पाँच सय १८, भदौमा तीन हजार ३२ र असोजमा नौ जना विदेशी सहित एक हजार छ सय ५४ जना पर्यटक आएका उनले बताए। 

आर्थिक वर्ष २०८०-८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार सात सय राजस्व संकलन भएको थियो । २०७९-८० मा सात हजार छ सय ४५ जना पर्यटक आएका थिए । 

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरूको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य देशकाले तीन हजारका दरले शुल्क तिर्नुपर्छ । 

दशैँ बिदाको अवसर पारेर फराकिलो फाट, बुकी, गाईभैंसी, भेडा, घोडाको गोठ, वन्यजन्तु, पंक्षी, वनजंगलको दृष्य अवलोकन गर्न साथीहरुसँगै ढोरपाटन घुमेर आएको बेनी नगरपालिका–१० पात्लेखेतको दीपक माविका प्रधानाध्यपक विष्णुप्रसाद ढुंगानाले बताए । 

एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन शिकार आरक्षले पुर्वी रुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ओगटेको छ । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सय जना बास बस्न सक्ने क्षमता छ । 

सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए। 

गतअसोज  र यही कात्तिकको यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारको अनुमति लिएका छन् । 

सिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी कूल एक करोड ४५ लाख ९२ हजार चार सय राजस्व आम्दानी भएको छ । विदेशी सिकारी टोली आरक्षमा आइसकेका छन् । 

आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पंक्षीहरु छन् । 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १ : ०० बजे

विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको छ : चिनियाँ राष्ट्रपति

एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिङपिङले बिहीबार ब्रिक्सका नेताहरूलाई विश्वले

पुटिनसामु सी–मोदीले हात मिलाउँदा चीन र भारतमा उत्साह

काठमाडौं- नेपालका दुई निकट छिमेकी भारत र चीनबीच लामो समयदेखिको

लोसपाका उपाध्यक्ष चन्द्रकान्त चौधरी राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश

काठमाडौं– सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपाध्यक्ष चन्द्रकान्त

स्वास्थ्यमन्त्रीका सय दिन -कर्मचारी व्यवस्थापन कार्यको प्रारम्भ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा केही सुधार

माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र नि:शुल्क बनाइन्छ : शिक्षामन्त्री

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले माध्यमिक