रास्वपाको प्रदर्शनबारे एमालेले भन्यो- छानबिन र अनुसन्धान प्रभावित गर्न खोज्नु आपत्तिजनक | Khabarhub Khabarhub

रास्वपाको प्रदर्शनबारे एमालेले भन्यो- छानबिन र अनुसन्धान प्रभावित गर्न खोज्नु आपत्तिजनक


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले पोखरामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी आन्दोलनविरुद्ध कडा रूपमा प्रस्तुत भएको छ ।

एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरेर सरकारलाई सहकारी ठगी प्रकरणको निष्पक्ष न्यायिक निरूपणको वातावरण तयार गर्न आग्रह गरेका छन् ।

‘हाम्रो पार्टी अख्तियार प्राप्त निकायवाट भइरहेको अनुसन्धान र अभियोजनको प्रक्रियामा बाधा पुर्‍याउने खालका कुनै पनि प्रकारका गतिविधि नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारलाई समेत त्यस प्रकारको गतिविधि नियन्त्रण गर्न स्वच्छ र निष्पक्ष न्यायिक निरूपणको वातावरण तयार गर्न अनुरोध गर्दछ ।’

एमालेले रास्वपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूलाई गालीगलौच गरेको र गलत आक्षेप लगाएको भन्दै आपत्ति जनाएको छ ।

‘संसदीय छानबिन समितिले सर्वसम्मत रूपमा औंल्याएको विषयमा छानबिनको प्रक्रिया अघि बढिरहेको अवस्थामा प्रधानमन्त्री र नेपाल सरकारका जिम्मेवार व्यक्ति र निकायविरुद्ध जिम्मेवार व्यक्तिबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज र गलत आक्षेप लगाउँदै छानबिन प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण बनाउनु अत्यन्त दुःखद विषय हो,’ पोखरेलले भनेका छन् ।

अनुसन्धान र अभियोजनमा दबाब दिने र प्रभाव पार्ने काम कहीँ कतैबाट हुनु नहुनेमा जोड दिँदै एमालेले न्यायिक निरूपणको काम अदालती प्रक्रियाबाट हुने बैधानिक स्थापित परम्परा स्मरण गराएको छ ।

‘यस्तो विषयमा सरकार र त्यसको नेतृत्वलाई जोडेर चर्चा गर्नु, अनुसन्धान र अभियोजन प्रक्रियालाई अनुचित प्रभाव पार्ने कार्य न्यायिक दृष्टिकोणवाट अनुपयुक्त हो,’ एमालेले भनेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १ : १७ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं