अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न केएमसीलाई नेविसंघको दबाब « Khabarhub

अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न केएमसीलाई नेविसंघको दबाब


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसको भ्रातृ संगठन विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं मेडिकल कलेजका इन्टर्न चिकित्सकको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै अतिरिक्त शुल्क फिर्ता गर्न माग गरेको छ । 

नेविसंघले मेडिकल कलेजमा सात दिनदेखि जारी इन्टर्न चिकित्सकहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न माग गरेको हो ।

काठमाडौं मेडिकल कलेजले नियमविपरीत प्रति विद्यार्थीबाट लिएको ४ लाख ९० हजार बराबरको अतिरिक्त रकम फिर्ता गर्नुपर्ने नेविसङ्घको माग छ । 

‘काठमाडौं मेडिकल कलेजले नियमविपरीत प्रतिविद्यार्थी अतिरिक्त इन्टर्नसिप शुल्क २ लाख, एनएमसी रजिष्ट्रेशन शुल्क ५ हजार, कम्युनिटी भिजिट ९० हजार तथा अन्य विभिन्न शीर्षकमा गरी ४ लाख ९० हजार बराबरको अतिरिक्त रकम असुल गरेकोले नेपाल विद्यार्थी सङ्घ अतिरिक्त उक्त रकम फिर्ता गर्न माग गर्दछ,’ प्रवक्ता सुरज सेजुवालले भनेका छन् । 

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २ (थ) बमोजिम शिक्षण संस्थाले अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्कलाई बुझाउने भएकाले शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोस्टिङ, फिल्ड भिजिट, इन्टर्नसिप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्क जस्ता विद्यार्थीहरूको पढाई पूरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्कसमेत समावेश भएकाले थप शुल्क नलाग्ने स्पष्ट व्यवस्था रहेको नेविसङ्घको दाबी छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ३ : २० बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा