रवि र छवि दुवैले थप सात दिन हिरासतमा बस्नुपर्ने « Khabarhub

रवि र छवि दुवैले थप सात दिन हिरासतमा बस्नुपर्ने


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले अझै थप सात दिन हिरासतमा बस्नु पर्ने भएको छ ।

दुवै जनालाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा पेस गरिएको थियो । त्यसपछि भएको बहसका क्रममा न्यायाधीश पौडेलले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले खबरहबलाई बताए ।

गत असोज ६ गते पक्राउ गरी पोखरा लगिएका जोशीलाई अदालतले पछिल्लो पटक असोज १७ गतेदेखि लागु हुने गरी २० दिनको म्याद थपेको थियो ।

यता कात्तिक २ गते पक्राउ गरी पोखरा लगिएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । लामिछानेविरुद्ध अदालतले दोस्रो पटक म्याद थपेर अनुसन्धान गर्ने अनुमति प्रहरीलाई दिएको हो ।

दुवै जनालाई अदालतले यसअघि दिएको म्याद आज सकिएको थियो । पछिल्लो पटक मिलेको म्याद सकिए पनि अनुसन्धान नसकिएकाले थप समय माग्न दुवैलाई अदालतमा लगिएको थियो ।

दुवैजना गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक हुन् । रवि गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए भने पूर्वडीआईजी छवि उपाध्यक्षको भूमिका थिए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा जोशी र लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा अघि बढाइएको छ । 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  २ : ४४ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै