जावलाखेलमा गोदावरी फुलको प्रर्दशनी सुरु  « Khabarhub

जावलाखेलमा गोदावरी फुलको प्रर्दशनी सुरु 


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुरको जावलाखेलमा आजबाट गोदावरी फुलको प्रर्दशनी सुरु भएको छ । आजबाट ४ दिनसम्म चल्ने मेलामा विभिन्न ४ सयभन्दा बढी प्रकारका फुलहरू अवलोकन गर्न सकिने आयोजकको भनाई छ । शुक्रबार बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री प्रकाश श्रेष्ठले पुष्प मेलाको उद्‌घाटन  गरेका छन् । 

नेपालीहरूको महान चाड तिहार पर्व नजिकिँदै गर्दा घर आँगन बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धताको लागि १७ औँ संस्करणको रुपमा गोदावरी फूल मेलाको आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले नेपालले जनाएको छ । 

 ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आजदेखि सुरु भएर ११ गतेसम्म संचालन हुने छ । 

यस प्रदर्शनीमा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रदर्शनी कक्षहरू रहेका छन् । 

यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने छ । 

यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी-फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा १० मिनियचर, २० स्पाईडर, ३० रिफ्लेक्स, ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाति रहने छ । साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराइने छ । 

समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी-फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ। यस मेलामा नेपालमा व्यवसायीक रुपमा उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरूको साथै यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिका फूल बिरुवाहरूको समेत प्रदर्शनी तथा बिक्री वितरण हुनेछन । यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरूको समेत प्रदर्शनीमा समावेश हुने छन ।

४ दिने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

हरेक वर्ष पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहँदै आएको छ । विगत केही वर्ष कोभिड महामारीका कारणले पुष्प व्यवसायमा नकारात्मक असर पुर्‍याएको भएपनि आ.ब. २०७९-८० देखि पुष्प व्यवसायले पुनः गति लिएको र हाल पुरानै लयमा फर्किसकेको फ्लोरिकल्चर एसोशिएसनका पूर्व अध्यक्ष सुरेश श्रेष्ठले जनाएका छन् । 

लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । यसमा पनि ११७४ भन्दा बढि ९नर्सरी–५३०, कट फ्लावर उत्पादक–९०, कट फ्लावर खुद्रा व्यवसायी–१५८, पुष्प थोक व्यवसायी–६, ईनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक –३६५० पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेका छन् ।

 पुष्प व्यवसायमा अनुमानित लगानी ८ अर्व ८३ करोड भन्दा बढि रहेको छ । अहिले नेपालमा ५२ वटा जिल्लामा व्यवसायिक रुपमा फुलको खेती हुँदै आएको छ । नेपालमा फुल खेतीबाट मात्रै ५१ हजारभन्दा बढीले रोजगारी पाएका ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ४ : ३० बजे

तैरिने फोहोर संकलन गर्न बागमतीमा ‘ट्रास बेरियर’ (तस्बिरहरू)

काठमाडौं– सहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले

एमालेको झण्डा जलाएको आरोपमा दाङमा थप दुईजना पक्राउ

काठमाडौं– दाङको तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा रहेको नेकपा एमालेको चुनाव

बैतडीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

टी–२० विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि

सर्लाही-४ बलरा नगरपालिकाका पूर्व मेयर अभय सिंह कांग्रेसमा प्रवेश

सर्लाही– सर्लाहीको बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा