लोसपाका उपाध्यक्ष चन्द्रकान्त चौधरी राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश « Khabarhub

लोसपाका उपाध्यक्ष चन्द्रकान्त चौधरी राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपाध्यक्ष चन्द्रकान्त चौधरीले राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।

राजेन्द्र महतो नेतृत्वको मुक्ति क्रान्ति पार्टीले विज्ञप्तिमार्फत प्रतिनिधिसभा सदस्यसमेत रहिसकेका उपाध्यक्ष चौधरीले लोसपा परित्याग गरेको जनाएको छ ।

मुक्ति क्रान्तिले अर्को सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता योगेन्द्र घिसिङ र बागमती प्रदेश समिति अध्यक्ष दलबहादुर तामाङले पनि दल त्याग गरेर आफ्नो पार्टी प्रवेश गरेको जनाएको छ । 

मुक्त क्रान्तिका अनुसार नागरिक उन्मुक्तिकै केन्द्रीय सचिवालय सदस्य ओमप्रकाश चौधरी पनि उक्त पार्टीमा समाहित भएका छन् ।

जनजाति कल्याण आश्रम नेपालका केन्द्रीय महासचिव प्रेमप्रसाद राई पनि दर्जनौं समर्थकसहित पार्टीमा समाहित भएका विज्ञप्तिमा उल्लेख छ । सबै नेताहरूलाई खादामाला लगाई पार्टी अध्यक्ष महतोले पार्टी प्रवेश गराएको मुक्ति क्रान्तिले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ५ : ४१ बजे

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम