लोसपाका उपाध्यक्ष चन्द्रकान्त चौधरी राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश « Khabarhub

लोसपाका उपाध्यक्ष चन्द्रकान्त चौधरी राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपाध्यक्ष चन्द्रकान्त चौधरीले राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।

राजेन्द्र महतो नेतृत्वको मुक्ति क्रान्ति पार्टीले विज्ञप्तिमार्फत प्रतिनिधिसभा सदस्यसमेत रहिसकेका उपाध्यक्ष चौधरीले लोसपा परित्याग गरेको जनाएको छ ।

मुक्ति क्रान्तिले अर्को सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता योगेन्द्र घिसिङ र बागमती प्रदेश समिति अध्यक्ष दलबहादुर तामाङले पनि दल त्याग गरेर आफ्नो पार्टी प्रवेश गरेको जनाएको छ । 

मुक्त क्रान्तिका अनुसार नागरिक उन्मुक्तिकै केन्द्रीय सचिवालय सदस्य ओमप्रकाश चौधरी पनि उक्त पार्टीमा समाहित भएका छन् ।

जनजाति कल्याण आश्रम नेपालका केन्द्रीय महासचिव प्रेमप्रसाद राई पनि दर्जनौं समर्थकसहित पार्टीमा समाहित भएका विज्ञप्तिमा उल्लेख छ । सबै नेताहरूलाई खादामाला लगाई पार्टी अध्यक्ष महतोले पार्टी प्रवेश गराएको मुक्ति क्रान्तिले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ५ : ४१ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा