विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको छ : चिनियाँ राष्ट्रपति « Khabarhub

विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको छ : चिनियाँ राष्ट्रपति


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिङपिङले बिहीबार ब्रिक्सका नेताहरूलाई विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको र यसका सदस्यलाई स्थिर शक्ति बन्न आग्रह गरेका छन् ।

रूसी शहर कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनको अन्तिम दिनमा बोल्दै राष्ट्रपति सीले थिए, मस्कोले आशा गरेको फोरमले पश्चिम विरुद्ध राष्ट्रहरूको संयुक्त मोर्चा बनाउन मद्दत गर्नेछ । 

सम्मेलनमा सहभागी भएका नेताहरूलाई सम्बोधन गर्दै सीले भने ‘विश्वव्यापी दक्षिणको आधुनिकतातर्फको साझा यात्रा विश्व इतिहासको एउटा प्रमुख घटना हो ।’ 

‘हामी यस समयमा शान्तिका लागि स्थिर शक्ति बन्नुपर्छ, विश्वव्यापी सुरक्षा प्रशासनलाई बलियो बनाउनुपर्छ र हालको समस्याको लक्षण र मूल कारण दुवैलाई सम्बोधन गर्ने समाधान खोज्नुपर्छ’, सीले बताए । 

‘विश्वले अझै पनि यसको शान्तिपूर्ण विकासका लागि गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ’, उनले चेतावनी दिए। उनले गाजामा युद्धविराम र लेबनानमा थप द्वन्द्व रोक्न पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ५ : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली