रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी | Khabarhub Khabarhub

रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला अदालत रुपन्देहीले बिहीबार पूर्वगृहमन्त्री लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालयललाई पक्राउ अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बताएका छन् ।

सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक गोर्खा मिडिया प्रालिले अपचलन गरेर ग्यालेक्सी टेलिभिजनमा हालेको ठहर सहकारीसम्बन्धी संसदीय छानबिन समितिले गरेको थियो ।

लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पहिलो पटक ६ दिनको म्याद सकिएपछि प्रहरीले थप ७ दिन हिरासतमा राख्न बिहीबार नै जिल्ला अदालतबाट अनुमति लिएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो ।

जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।

त्यसमध्ये सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरिएको थियो । यसमा २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा चेक काटेर ऋण लगिएको थियो। यो कुरा सुप्रिमकी तत्कालीन लेखापालले पनि बयानमा भनिसकेकी छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ७ : ०५ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून