रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी « Khabarhub

रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला अदालत रुपन्देहीले बिहीबार पूर्वगृहमन्त्री लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालयललाई पक्राउ अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बताएका छन् ।

सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक गोर्खा मिडिया प्रालिले अपचलन गरेर ग्यालेक्सी टेलिभिजनमा हालेको ठहर सहकारीसम्बन्धी संसदीय छानबिन समितिले गरेको थियो ।

लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पहिलो पटक ६ दिनको म्याद सकिएपछि प्रहरीले थप ७ दिन हिरासतमा राख्न बिहीबार नै जिल्ला अदालतबाट अनुमति लिएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो ।

जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।

त्यसमध्ये सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरिएको थियो । यसमा २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा चेक काटेर ऋण लगिएको थियो। यो कुरा सुप्रिमकी तत्कालीन लेखापालले पनि बयानमा भनिसकेकी छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ७ : ०५ बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर