‘फेस अफ क्लासिक डाइमन्ड’द्वारा पाँचौँ सिजन घोषणा « Khabarhub

‘फेस अफ क्लासिक डाइमन्ड’द्वारा पाँचौँ सिजन घोषणा


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले यसपटक पनि ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना गर्ने घोषणा गरेको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना हुने जानकारी दिए ।

उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमन्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छन् । यस्तै उनले बलिउडमा पनि आफ्नो प्रस्तुति दिने अवसर पाउने छन् ।

यस प्रतियोगितामा सहभागी हुन आजबाट नै रजिस्ट्रेशन खुल्ला गरिएको छ । विगतमा यो प्रतियोगिताकी विजेता साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रमा, अञ्जली लामाले न्युयोर्क फेशन सप्ताहमा, मुना गौचनले बलिउडमा आफूलाई स्थापित गरिसकेको पनि अध्यक्ष महर्जनले जानकारी गराए । ‘क्लासिक डाइमन्ड गहनासँग सम्बन्धित भएकाले हामीले यो कार्यक्रमबाट नेपालको फेशन र मोडलिङ क्षेत्रलाई पनि प्रवर्द्धन गर्दै आएका छौँ ’, उनले भने ।

यो प्रतियोगिताको लागि नेपालमा काठमाडौं र पोखरामा अडिसन गरिने क्लासिक डायमण्डका प्रबन्ध निर्देशक अमिर महर्जनले जानकारी गराए । ‘नेपालका अडिसन पछि हामी अडिसनमा चयन भएका मोडलहरूलाई करिब एक महिना विभिन्न प्रशिक्षण दिनेछौँ । त्यसपछि प्रतियोगीबाट विजेताहरू सहित उत्कृष्ट १० प्रतियोगीलाई क्लासिक डाइमन्ड फेशन तथा ज्वेलरी शोमा उतार्ने छौँ’, उनले भने ।

अमेरिकामा समेत तीन वटा आउटलेट चलाउँदै आएको क्लासिक डाइमन्डले अमेरिकामा रहेका नेपाली मोडलहरुबीच पनि अडिसन लिनेछ। सो अडिसनबाट चयन भएका मध्य दुई मोडललाई नेपाल ल्याएर ‘फेस अफ क्लासिक डाइमन्ड’को प्रतिस्पर्धामा उतार्ने क्लासिक डाइमन्डका अमेरिका संयोजक समीर महर्जनले जानकारी गराए । ‘अरूले नेपालबाट मोडलहरूलाई अमेरिका पठाउँछन् । तर हामीले यो प्रतियोगिताको लागि दुई जना नेपाली मुलकी मोडललाई अमेरिकाबाट नेपाल पठाउँछौँ।’

‘फेस अफ क्लासिक डाइमन्ड’को विजेताले एक लाख ५० हजार रुपैयाँ, फस्ट रनरअपले एक लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उनीहरूले क्लासिक डाइमन्डको विभिन्न परियोजनामा जोडिएर काम गर्ने अवसर पनि पाउने छन् । क्लासिक डाइमन्डको ग्रान्ड फेशन तथा ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १० : १५ बजे

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई