बेलबारी गोल्डकपः झापा ११ फाइनलमा « Khabarhub

बेलबारी गोल्डकपः झापा ११ फाइनलमा


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

मोरङ – बुटवल लुम्बिनीविरिुद्ध २–० गोल अन्तरको जीत निकाल्दै झापा ११ फुटबल क्लब मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपकोे फाइनलमा प्रवेश गरेको छ ।

झापाको जीतका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् । उनले २८औँ मिनेटमा प्रदीप बुढाथोकीको पासमा टिमका लागि पहिलो गोल गरेका गरे। झापाले दोस्रो गोल पेनाल्टीमार्फत ग¥यो ।

खेलको ८९औँ मिनेट बुटवल लुम्बिनी फुटबल क्लबले गोल गर्ने राम्रो मौका गुमायो । एरिक विष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएपछि बुटवल लुम्बिनी २–० गोलको हार व्योहोर्दै खेदबाट फर्किएको छ ।

आशिष प्लेयर अफ द म्याच घोषित भए । चापागाईंलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले नगद रु पाँच हजारसहित ट्रफी प्रदान गरे ।

दोस्रो सेमिफाइनल खेल शुक्रबार चित्लाङ फुटबल क्लब काठमाडौँ र सलहेस फुटबल क्लब सिराहाबीच हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १० : २२ बजे

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र