भारतीय दूतावासको सहयोगमा क्याम्पस निर्माण « Khabarhub

भारतीय दूतावासको सहयोगमा क्याम्पस निर्माण


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमौली – नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आँबुखैरेनी क्याम्पस भवन निर्माण गरिएको छ । भारतीय दूतावासको रु दुई करोड ७३ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

उक्त भवनको आज भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा उद्घाटन गरे। क्याम्पस भवनका लागि फर्निचर खरिद गर्न दूतावासले थप रु २२ लाख सहयोग गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसीले जानकारी दिए ।

विसं २०६९ फागुनमा निर्माण सुरु भएको उक्त भवन २०७२ मा निर्माण सम्पन्न भएको हो । दुईतले २४ कोठा भएको उक्त भवनमा स्नातक तहका विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन निर्माणपछि पठनपाठनमा सहयोग पुगेको क्याम्पस प्रमुख बाबुराम देवकोटाले बताए। क्याम्पसमा तीन सय सात विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ९० प्रतिशत छात्रा रहेको उनले बताए । क्याम्पसमा तनहुँका अतिरिक्त गोरखा र चितवनका विद्यार्थी समेत अध्ययनरत छन् ।

भवन उद्घाटन गर्दै भारतीय दूतावासका प्रथम सचिव सिंहले भारतले नेपालको स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको र सहयोगलाई निरन्तरता दिने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले नेपालका लागि भारतीय सरकारको सहयोग आवश्यक रहेको बताए । गाउँपालिकाका अध्यक्ष चुमानले गाउँपालिकाका अन्य क्षेत्रमा पनि सहयोगका लागि भारत सरकारसमक्ष आग्रह गरे ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ११ : ०२ बजे

‘भूमिहीनलाई भूमि दे’ भन्दै श्रम संस्कृति पार्टी माइतीघरमा

काठमाडौं- सुकुम्बासी तथा अव्यवस्थित बसोबासमाथि राज्यले दमन गरेको आरोप लगाउँदै

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जीपीएस जडान गर्नुपर्ने

नारायणगढ– जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा

इरानी जहाजमा अमेरिकी आक्रमण, छ जना घाइते छ बेपत्ता

एजेन्सी– ओमानको बन्दरगाह सहर खसाब नजिकै छ वटा इरानी कार्गो

कानून दोषीका लागि भय र निर्दोषको सहारा बन्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा– नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप प्रभावकारी