‘भूमिहीनलाई भूमि दे’ भन्दै श्रम संस्कृति पार्टी माइतीघरमा « Khabarhub

‘भूमिहीनलाई भूमि दे’ भन्दै श्रम संस्कृति पार्टी माइतीघरमा


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुकुम्बासी तथा अव्यवस्थित बसोबासमाथि राज्यले दमन गरेको आरोप लगाउँदै श्रम संस्कृति पार्टीले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

‘यो देश गरिबको पनि हो’ भन्ने नारासहित शनिबार आयोजित प्रदर्शनमा सहभागीहरूले राज्यको व्यवहारप्रति आपत्ति जनाएका थिए। पार्टीले सुकुम्बासी र भूमिहीन समुदायप्रति सरकारले निर्मम ढंगले व्यवहार गरेको आरोप लगाएको छ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘भूमिहीनलाई पहिले व्यवस्थापन गर’, ‘मानवअधिकारका लागि एक हौं’, ‘कमजोर वर्गलाई संरक्षण गर्नु राज्यको दायित्व हो’ र ‘भूमिहीनलाई भूमि दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले उचित विकल्प र व्यवस्थापन नगरी सुकुम्बासी बस्ती हटाउने कार्यले राज्यले निरंकुश शैली देखाएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ४ : ४६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको