सीजी मोटर्सले बागडोलमा खोल्यो डेडिकेटेड ईभी सर्भिस सेन्टर « Khabarhub

सीजी मोटर्सले बागडोलमा खोल्यो डेडिकेटेड ईभी सर्भिस सेन्टर


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीजी मोटर्सले ललितपुरको बागडोलमा नयाँ डेडिकेटेड ईभी सर्भिस सेन्टर (सेवा केन्द्र) सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय विद्युतीय सवारीसाधनसमेत आयात र बिक्री गरिरहेको कम्पनीले बागडोलको सर्भिस सेन्टर आइतबार उद्‌घाटन गरेको हो ।

उक्त सेवा केन्द्रको उद्घाटन सिजी ग्रुपका अध्यक्ष तथा नेपालका संघीय संसदका सदस्य विनोद चौधरीले गरे ।

सीजी मोटर्सले काठमाडौं उपत्यकामा स्थापना गरेको यो दोस्रो सर्भिस सेन्टर हो । सीजी मोटर्सले २२ स्थानहरूमा बिक्री र डिलर नेटवर्क विस्तार गरिसकेको छ ।

कम्पनीले विद्युतीय सवारीसाधन चार्ज गर्न आगामी दिनमा एक सयभन्दा बढी स्थानमा चार्जिङ पोइन्ट विस्तार गर्ने जनाएको छ । हाल सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस टूजी चार्जिङ पोइन्ट जडान गरेको पनि उल्लेख गरेको छ ।

हाल सिजी मोटर्सको सर्भिस सेन्टरले सीजी मोटर्स अन्तर्गत आयन, एक्सपेङ, स्मार्ट, नेटा, रिद्दारा र दयुन लगायतका विभिन्न ब्राण्डका सवारीसाधन बिक्री गरिरहेको छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १२ : ५५ बजे

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि