सिटीको पोस्टमा टोटनहामको चार गोल « Khabarhub

सिटीको पोस्टमा टोटनहामको चार गोल


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिप अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई टोटन हाम हस्टस्पर्सले ४-० ले हराएको छ।

सिटीको यो लगातार पाँचौँ हार हो। सन् २००६ पछि क्लबका लागि यत्ति लामो पराजयको शृङ्खला समेत पहिलो पटक हो।

टोटनहामलाई जित दिलाउने क्रममा जेम्स मेडिसनले दुई गोल गरे। २० औँ मिनेटमा मेडिसनकै २ गोलमा अघि बढेको टोटनहामका लागि पेड्रो पोरोले तेस्रो गोल गरे भने खेलको अन्तिम मिनेटमा ब्रेनान जोन्सनले अर्को गोल थपे।

सन् २००३ मा आर्सनलसँग ५-१ ले पराजयको सामना गरे यता सिटीको यो सबै भन्दा खराब प्रदर्शन हो। पराजित सिटी १२ खेलमा २३ अङ्कसहित दोस्रो स्थानमा छ। टोटनहाम १९ अंकसहित छैठौं स्थानमा छ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ६ : ४४ बजे

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज