रविलाई म्याद थपका लागि कास्की अदालतमा लगियाे « Khabarhub

रविलाई म्याद थपका लागि कास्की अदालतमा लगियाे


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

पोखरा– सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पाँचौँ पटक म्याद थपका लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको छ ।

सोही प्रकरणमा लामिछानेसहित छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालतमा लगिएको छ । यसअघि थपिएको म्याद शुक्रबार सकिएकाले पुनः म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको हो ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण प्रकरणमा  कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धनिर्देशक लामिछानेमाथि यसअघि चारपटक म्याद थप भइसकेको छ ।

लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न सुरुमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि रूपन्देही, काठमाडौं र चितवनले पनि पक्राउ पुर्जी जारी गरेका छन् ।

लामिछानेलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ११ : १० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर