रविलाई म्याद थपका लागि कास्की अदालतमा लगियाे « Khabarhub

रविलाई म्याद थपका लागि कास्की अदालतमा लगियाे


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

पोखरा– सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पाँचौँ पटक म्याद थपका लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको छ ।

सोही प्रकरणमा लामिछानेसहित छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालतमा लगिएको छ । यसअघि थपिएको म्याद शुक्रबार सकिएकाले पुनः म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको हो ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण प्रकरणमा  कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धनिर्देशक लामिछानेमाथि यसअघि चारपटक म्याद थप भइसकेको छ ।

लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न सुरुमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि रूपन्देही, काठमाडौं र चितवनले पनि पक्राउ पुर्जी जारी गरेका छन् ।

लामिछानेलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ११ : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना