सिनामंगलको होटलमा मृत भेटिएका जोडी हिजोमात्रै क्यानाडाबाट आएका थिए « Khabarhub

सिनामंगलको होटलमा मृत भेटिएका जोडी हिजोमात्रै क्यानाडाबाट आएका थिए


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको सिनामंगलस्थित होटल जन्मभूमिको कोठाबाहिरको बरन्डामा झुन्डिएको अवस्थामा भेटिएका युवा-युवती पति-पत्नी रहेको खुलेको छ ।

आइतबार बिहान सिनामंगलस्थित जन्मभूमि होटलको बरन्डामा उनीहरू झुन्डिएको अवस्थामा भेटिएका थिए ।

होटलको दर्ता किताबमा उल्लेखित विवरणअनुसार उनीहरूमध्ये सुनसरी निवासी ३४ वर्षीय रमेश माझी र राहदानीबाट परिचय खुलेकी मोरङ निवासी २९ वर्षीया शर्मिला कुमारी माझीका रुपमा पहिचान भएको छ ।

सुनसरीका रमेश र मोरङकी शर्मिला पति-पत्नी रहेको पनि खुलेको प्रहरीले जानकारी दिएको छ । उनीहरू शनिबार मात्रै क्यानडाबाट फर्किएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले उनीहरू दुवैजना सन् २०२२ मा क्यानडा गएको खुलेको छ । दुवैजना दुई वर्षपछि शनिबार मात्रै काठमाडौं फर्केर उक्त होटलमा बस्न गएका थिए ।

‘हाम्रो अनुसन्धान टोली अहिले खटिएको छ । उनीहरू शनिबार मात्रै क्यानाडाबाट फर्किएको पुष्टि भएको छ । पति-पत्नी भन्ने कुरा आएको छ, तर अझै हामी कागजपत्र जाँच गर्दैछौँ’, उनले भने, ‘अनुसन्धान चलिरहेकाले उनीहरूबारेको थप विवरण आउन केही समय लाग्छ ।

शनिबार साँझ ७ बजेतिर उनीहरू दुवैजना होटलमा बस्न पुगेका थिए । उक्त होटलको चौथो तलाको १२० नम्बर कोठा उनीहरूले बुक गरेर बसेका थिए ।

उक्त होटलमा दुवैजना शनिबार साँझ पौने ७ बजेको समयमा पुगेका थिए । उनीहरू दुवैले होटलको कोठा नम्बर १२० को अगाडि बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाई झुण्डिएर मृत अवस्थामा भेटिएका हुन् ।

उक्त घटनाबारे थप अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता अधिकारीले जनाएका छन् । प्रहरीले अनुसन्धानका क्रममा उनीहरूले आत्महत्या गरेको अनुमान गरेको छ ।

उक्त होटलमा दुवैजना झुन्डिएको खबर आइतबार बिहान साढे ७ बजे प्रहरीलाई आएको थियो। त्यसपछि भद्रकालीस्थित प्रहरी परिसर, प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले संयुक्त अनुसन्धान थालेको थियो ।

उक्त होटल काठमाडौं महानगरपालिका-९ सिनामंगलको प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको पाँच तले घरमा सञ्चालित छ ।

खोटाङको दिक्तेल रुपाकोट नगरपालिका-४ घर भई हाल काडाँघारी डेरा गरी बस्ने रामजी कटुवालले उक्त होटल जन्मभूमि चलाएको खुलेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १ : ४१ बजे

अण्डाको मूल्य फेरि बढ्यो

चितवन – नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य

सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका

इरानका अधिकारीहरू रोक्का कोष र शान्तिवार्ताका लागि छलफल गर्न कतारमा

दोहा – शीर्ष वार्ताकार र केन्द्रीय बैङ्कका प्रमुखसहितको उच्चस्तरीय इरानी

एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौंमा

काठमाडौं – दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७