मह बेचेर वार्षिक चार लाख आम्दानी « Khabarhub

मह बेचेर वार्षिक चार लाख आम्दानी


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मुगु– जिल्लाको छायाँनाथरारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक चार लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् । पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै मौरिपालन व्यवसायबाट सबै खर्च कटाएर चार लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका हुन्  ।

रूपबहादुरले आफ्ना बाबुबाजेले थालेको मौरिपालन पेसालाई परम्परागत काठेघारको प्रयोग गरी निरन्तरता दिइरहेको बताए । उनका अनुसार हालसम्म कुनै पनि सरकारी निकाय वा अन्य संस्थाबाट आर्थिक तथा प्राविधिक सहयोग पाएको छैन ।

रूपबहादुरले भने, ‘बाबुको सीप र क्षमता अनुसरण गरेर व्यवसायलाई निरन्तरता दिँदै आएको छु । सरोकार भएका निकायबाट आर्थिक तथा प्राविधिक सहयोग पाएका मौरीपालन पेसालाई व्यावसायिक बनाउने योजना थियो ।’

उनले परम्परागत तरिकाले तयार गरिएको महको गुणस्तरलाई स्थानीय तथा सदरमुकामका उपभोक्ताले निकै रुचाउने प्रतिक्रिया आइरहेको बताए ।

‘ग्राहकहरू मह किन्नका लागि घरमै आइपुग्ने गर्नुहुन्छ । उत्पादित मह लिन टाढाबाट पनि ग्राहक आउनुहुन्छ । वर्षमा दुई पटक मह निकाल्ने र बेच्ने गरेको छु । त्यसैबाट घरका दश जनाको परिवारको खर्च व्यवस्थापन हुँदै आएको छ’, उनले भने । जेठ र कात्तिक गरी दुई पटक मह निकालेर बेच्दा सबै खर्च कटाएर चार लाख रुपैयाँ आम्दानी हुने गरेको उनले जानकारी दिए ।

आधुनिक घार भन्दा हिमाली मौरी काठका परम्परागत घारमा बस्न रुचाउने भन्दै रूपबहादुरले यहाँ उत्पादित मह शतप्रतिशत आर्गानिक र गुणस्तरीय हुने  दाबी गरे ।

सदरमुकाम गमगढी बजारबाट तीन घण्टा पैदल दूरीमा रहेको लिउँडी गाउँका रूपबहादुरका लागि यो पेसा आम्दानीको स्रोत मात्र नभई पुर्ख्यौली व्यवसायको एक नमूना पनि हो ।

परम्परागत काठेघारमा मौरीपालनको सुरुवात उनका बुबाले गरेका थिए । विकट बस्तीमा मौरीपालनका कठिनाइसँग जुध्दै उनले व्यावसायिक उत्साह र परिश्रमले जिल्लामा मौरीपालनको उदाहरणीय नमूना प्रस्तुत गरिरहेका छन्  ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १ : ४७ बजे

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको