एमालेले बुझेन महानगरको पत्र , फर्कियो भ्यानसहित पुगेको नगर प्रहरी टोली | Khabarhub Khabarhub

एमालेले बुझेन महानगरको पत्र , फर्कियो भ्यानसहित पुगेको नगर प्रहरी टोली


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै तोकिएको जरिवाना नतिरेपछि महानगरको टोली एमाले कार्यालयमै पुगेको छ ।

भ्यानसहित पुगेको महानगरीय प्रहरीको टोलीले आइतबार दिउँसो एमालेको च्यासलस्थित कार्यालयमा एक लाख रुपैयाँ जरिवानाबारेको पत्र बुझाउन खोजेको थियो । तर एमाले केन्द्रीय कार्यालयमा रहेका प्रतिनिधिहरूले पत्र बुझ्न अस्वीकार गरेका हुन् ।

एमालेले शुक्रबार साँझ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक र पेटीमा जथाभावी फोहरमैला गरेर नउठाएको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गराउने निर्णय गरेको थियो ।

फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिमको जरिवाना नतिरलेपछि दोस्रो पत्र लिएर महानगरपालिकाका प्रतिनिधिहरू एमाले कार्यालयबाट फर्किएका हुन् ।

एमालेले सरकारलाई चौतर्फी घेराबन्दी भएको भन्दै दरबारमार्गमा जागरण सभा गरेको थियो । सुरुमा भृकुटीमण्डपमा गरिने भनिएको सभास्थल अन्तिम समयमा सारेर दरबारमार्ग लगिएको थियो ।

तर एमाले महासचिव शंकर पोखरेलले कार्यक्रम समापनछि कार्यकर्ता र स्वयम्सेवकहरूले फोहोर उठाइरहेका बेला महानगरका मेयर बालेन्द्र साहले योजनावद्ध रुपमा जरिवानाको पत्र सार्वजनिक गरेको आरोप लगाएका थिए । उनले फोहोर उठाउने काम भइरहेका बेला मेयर साहले नियतवश एमालेविरुद्ध लागेर जरिवाना गराएको बताएका थिए ।

केही महिनायता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच शीत युद्ध चलेको छ।

सर्वोच्च अदालतले नदीको थप २० मिटर छाड्ने गरी दिएको आदेश कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका निस्किँदा ओलीले बालेनको उक्त कदमलाई केटाकेटीपनको संज्ञा दिएका थिए ।

News

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : ३२ बजे

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि