मुख्यमन्त्री कार्की भन्छन्- अनावश्यक संरचना कटौती गरेर पूँजीगत खर्च बढाउनुपर्छ « Khabarhub

मुख्यमन्त्री कार्की भन्छन्- अनावश्यक संरचना कटौती गरेर पूँजीगत खर्च बढाउनुपर्छ


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन्  । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आज आयोजना गरेको छलफलमा मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्ने बताए ।

राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख गरे । स्वदेशी उत्पादनलाई बढाउने र निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउँदै उनले प्रदेश र स्थानीय तहले गर्न सक्ने कामलाई उनीहरूको क्षमताका आधारमा केन्द्रले सहयोग गर्नुपर्ने बताए  ।

जबाफदेही र उत्तरदायित्वको अभावले पनि सुधार गर्न नसकिएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘एकैदिनमा गर्न सकिने काम पनि लामो समयसम्म रहने प्रवृत्तिको अन्त्य गर्नु जरुरी छ ।’

प्रशासनिक सुधार र राजस्व उठाउने विषयमा जबाफदेहिता र सहकार्यको मोडलबाट काम गर्न सकिएमा नतिजा आउन सक्ने मुख्यमन्त्री कार्कीले बताए। उनले भने, ‘कतिपय अवस्थामा सुधारको लक्षण देखा परे पनि त्यसलाई नजरअन्दाज गरेर नकारात्मक प्रचार गर्ने प्रवृत्तिले पनि समस्या उत्पन्न हुने गरेको छ, नकारात्मक कुराहरूलाई निरुत्साहन गर्नु अहिलेको आवश्यकता हो ।’

कार्यक्रममा कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले असल अभ्यासहरूलाई अन्यत्र लैजाँदै ठूलो पुँजीलाई मात्र होइन साना पुँजीलाई पनि प्रोत्साहन गरेर अगाडि बढ्नुपर्ने बताए । निर्यातमूलक उद्योगलाई प्रोत्साहन गर्दै तत्काल लोकप्रिय हुने कार्यक्रमभन्दा दीर्घकालीन कार्यक्रमहरू अगाडि सार्नुपर्ने उनले बताए ।

कोसी प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरूको उपस्थितिमा आयोगले छलफल गरेको थियो । कार्यक्रममा सहभागी भएकाहरूले ऐन नियमहरूलाई सहज र सरल बनाइनुपर्ने, नियमनकारी निकायहरूको भूमिका प्रभावकारी बनाइनुपर्ने, सङ्घीय संरचनाअनुसारको अधिकारलाई प्रत्यायोजन गरेर काम गर्नुपर्ने, रोजगारमूलक उद्योगलाई प्रवर्द्धन गर्नुपर्ने, एकै प्रकृतिका सरकारी कार्यालयलाई तीन तहमा विस्तार गर्न नहुनेलगायत सुझाव दिएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : ३५ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले