निकुञ्ज आउने पर्यटक घटे « Khabarhub

निकुञ्ज आउने पर्यटक घटे


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा ५६ हजार छ सय ७५ जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन् ।

निकुञ्ज र आसपासका सामुदायिक वनमा चालु आवको चार महिनामा ५६ हजार छ सय ७५ जनाले अवलोकन गरेका बताउँदै निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले गत कात्तिकमा मात्रै २८ हजार दुई सय ११ पर्यटकले भ्रमण गरेका जानकारी दिए । उनका अनुसार साउनदेखि असोजसम्म २८ हजार चार सय ६४ जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन् ।

गत वर्षको चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा २० हजार छ सय ८४ जना पर्यटक कम भएका निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए । पछिसम्म झरिपरिरहेकाले सडक अवरोध भएर पर्यटकको सङ्ख्यामा कमी आएको उनको भनाइ छ ।

गत आवको असोजसम्म २८ हजार चार सय ६४ र कात्तिकमा ४८ हजार आठ सय ९५ पर्यटकले निकुञ्जको भ्रमण गरेका मगरले जानकारी दिए । साउनदेखि असोजसम्म निकुञ्जभित्र पर्यटकीय गतिविधि रोकिने हुँदा पर्यटकको सङ्ख्यामा कमी आउने गरेको भन्दै सो समयमा सामुदायिक वनमा भने पर्यटकको आवागमन भइरहने गरेको उनले बताए ।

गतवर्ष विभिन्न नाकाबाट गरी तीन लाख पाँच हजार एक सय ७० पर्यटकले निकुञ्ज तथा सामुदायिक वन क्षेत्रको अवलोकन गरेका निकुञ्ज कार्यालयले जनाएको छ । यहाँ घुम्न आउने पर्यटकले सौराहा, मेघौली, कसरा, अमलटारीलगायत नाकाबाट प्रवेश गर्ने गरेका छन् ।

सबै भन्दाबढी सौराहाबाट पर्यटक निकुञ्ज प्रवेश गर्दछन् । सामुदायिक वन तथा निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, अन्य वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्न, स्वदेशीसँगै सार्कमूलुक र तेस्रो मुलकबाट पर्यटक जङ्गल सफारीका लागि यहाँ पर्यटक आउने गर्दछन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ४ : ०२ बजे

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं- संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का

बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको मुखैमा सार्वजनिक

दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर

महोत्तरी– आसन्न प्रतिनिधिसभा निर्वाचनको खुला चुनावी प्रचारको अवधि घर्कंदै गर्दा

कामपाको दश वडाभित्रका पाँच सय नौ स्थानमा प्राचीन नाम पहिचान

काठमाडौं– काठमाडौँ महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन

टिम हार्दा भारतसँग हारेनन् जिम्बावेका ओपनर बेनेट: बनाए नटआउट ९७ रन

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को समूह ‘एक’बाट