कल्की-२ बन्ने पक्का, दीपिका दोहोरिने सम्भावना कति ? « Khabarhub

कल्की-२ बन्ने पक्का, दीपिका दोहोरिने सम्भावना कति ?


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२४ मा सबैभन्दा बढी ग्रस केलेक्सनको कीर्तिमान राखेको तेलगु फिल्म ‘कल्की २८९८ एडी’को दोस्रो श्रृङ्खला बन्ने भएको छ ।

गोवामा आयोजित भारतीय अन्तर्राष्ट्रिय फिल्म महोत्सव ‘आईएफएफआई’मा पत्रकारहरूसँगको कुराकानीमा निर्माताद्वय स्वप्ना दत्त र प्रियंका दत्तले ‘कल्की २८९८ एडी– २’ बन्ने खुलासा गरेका हुन् ।

कल्की–२ को ३० प्रतिशतभन्दा बढीको छायाङ्नक भइसकेको स्वपनाको भनाइ छ । उनका अनुसार पहिलो श्रृङ्खलाको छायाङ्कनकै दौरान दोस्रोका लागि पनि केही अंश खिचिएको हो ।

सन् २०२५ को सुरुवाती तीन महिनाभित्र दोस्रो श्रृङ्खलाको छायाङ्नकमा सुटिङ युनिट निस्कने स्वप्नाको दाबी छ । भनिन्, ‘हामीले तारिख तय गरेको छैनौँ । यसबारे छिट्टै टुंगो लगाएर सार्वजनिक गर्नेछौं ।’

निर्माता स्वप्ना दत्त र प्रियंका दत्त 

स्वप्नाले फिल्ममा दीपिका पादुकोण भूमिकाबारे समेत केही खुलासा गरेकी छन् । पहिलो श्रृङ्खलामा गर्भवतीको भूमिकामा देखिएकी दीपिका दोस्रो श्रृङ्खलामा आमाको भूमिकामा देखिने उनको भनाइ छ ।

दत्तले भनेकी छन्, ‘दोस्रो श्रृङ्खलामा दीपिकालाई कुनै अंशमा आमाको भूमिकामा देख्न सकिन्छ ।’ सुत्केरी बिदाका पछिको दीपिकाको यो पहिलो फिल्म हुन सक्ने उनको संकेत छ ।

गत जुन २७ मा प्रदर्शनमा आएको यस ‘कल्की २८९८ एडी’ मा प्रभास, अमिताभ बच्चन, दीपिकाको मुख्य भूमिका रहेको छ । फिल्मको निर्देशन र लेखन नाग आश्विनले गरेका हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ५ : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया