लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि | Khabarhub Khabarhub

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु हुँदै छ ।

महिला पुनः स्थापना केन्द्र (ओरेक) नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति नेपाललगायत संस्थाले आज संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनुपर्ने जरुरी रहेको धारणा राखेका थिए ।

ओरेक नेपालका कार्यकारी निर्देशक सुनिता मैनालीले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा कमी आउन नसकेको बताइन्  ।

‍अभियानका क्रममा नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेबारे ध्यानाकर्षण गराइने छ ।

यस्तै, अभियानका मागहरूमा सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि सामुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्नेलगायत रहेका छन् ।

सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर १६ दिने अभियानका क्रममा महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतीकात्मक नाटक प्रदर्शनी, हिंसाको विश्लेषणात्मक पुस्तक अन्वेषी सार्वजनिक र सरोकारवाला पक्षहरूसँग बृहत् भेला र देशभर गोष्ठीलगायत कार्यक्रम गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ५ : ५१ बजे

त्रिपालले ढाकिएको जाजरकोट दरबार तस्बिरमा

काठमाडौं – ऐतिहासिक एवम् पुरातत्विक महत्त्व बोकेको जाजरकोट दरबार जीर्ण

नागरिकलाई आँगनमै सरकार रहेको आभास भएको छ : उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घर आँगनमै

जनकपुरलाई पहिलो सफलता, ललितले लिए विकेट

काठमाडौं – जनकपुर बोल्ट्सलाई पहिलो सफलता मिलेको छ। चितवन राइनोजका

वैदेशिक मुद्राको सञ्चिति बढेर मात्रै अर्थतन्त्र बलियो हुँदैन : अध्यक्ष ढकाल

काठमाडौ‌ं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको

मुस्ताङका पाँच स्थानीय तहमा आलु ‘जोन’

म्याग्दी – मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको