औपचारिक माध्यमबाट सुनको आयातमा ८६ प्रतिशतले गिरावट « Khabarhub

औपचारिक माध्यमबाट सुनको आयातमा ८६ प्रतिशतले गिरावट

भन्सार राजस्व २८ करोडमा सीमित


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औपचारिक माध्यमबाट सुनको आयातमा ठूलो गिरावट देखिएको छ । भन्सार विभागको विभागको पछिल्लो तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष ०८०/८१ को पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सुनको आयातमा ८६.७५ प्रतिशत बढीले गिरावट देखिएको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा १ अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार ५६४ ग्राम सुन आयात भएको छ । जसबाट सरकारले २८ करोड ५५ लाख ७ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।

साथै सोही अवधिमा प्लेटिनम सहितको सुन १ अर्ब ६ करोड २९ लाख ४२ हजार र विभिन्न सुनका सामग्री १९ करोड ८ लाख १ हजार बराबरको आयात भएको छ ।

तर, अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नेपालमा ८ अर्ब २० करोड ८१ लाख ७० हजार रुपैयाँ बराबरको १० लाख ५ सय ग्राम सुन औपचारिक माध्यमबाट आयात भएको थियो । सो आयात प्रक्रियामा सरकारले १ अर्ब २३ करोड १२ लाख ३७ हजार राजस्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष ०८०/८१ को सोही अवधिमा नेपालमा औपचारिक माध्यमबाट ६९ करोड ९२ लाख २५ हजार रुपैयाँ बराबरको प्लेटिनम सहितको सुन र ११ करोड ३२ लाख ४५ हजार रुपैयाँ बराबरको सुनका विभिन्न सामग्री आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनमा लगाउँदै आएको भन्सार राजस्व १५ प्रतिशतबाट बढाएर २० प्रतिशत र भारतले घटाएर ६ प्रतिशतमा झारेपछि नेपालमा औपचारिक माध्यमबाट आयात हुने सुनको मात्रा घट्न पुगेको देखिन्छ । व्यवसायीहरूले पनि अहिले नेपालको सुन बजार भन्सार छलीको सुनले भरिएको बताउने गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ५ : ५४ बजे

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस

३०४औँ पृथ्वी जयन्ती मनाइयो (तस्बिरहरू)

काठमाडौं– आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न

बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा