अर्थसंक्षेप : धितोपत्र बोर्डको अध्यक्ष बाँकी अन्तर्वार्ता सम्पन्नदेखि शेयर बजार ओरालो लाग्योसम्म | Khabarhub Khabarhub

अर्थसंक्षेप : धितोपत्र बोर्डको अध्यक्ष बाँकी अन्तर्वार्ता सम्पन्नदेखि शेयर बजार ओरालो लाग्योसम्म


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि रोकिएको धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया आइतबार थप दुई जनाले अन्तर्वार्ता र योजना प्रस्तुतीकरण पेश गरेसँगै अन्तिम चरणतर्फ प्रवेश गरेको छ । आजबाट धरहरा सःशुल्क सहित प्रवेश खुला भएको छ । आइतबार नेप्से १३ अंकले घट्यो । सुनको औपचारिक आयातमा ८६ प्रतिशतले गिरावट आएको छ । सिजी मोटर्सले ललितपुरको बागडोलमा सर्भिस सेन्टरको सुरुवात गरेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टलको सेवामा छुट प्राप्त हुने सम्झौता भएको छ ।

आजका प्रमुख आर्थिक समाचार :

धितोपत्र बोर्डको अध्यक्षका लागि बाँकी दुई जनाको अन्तर्वार्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आइतबार बाँकी रहेका दुई जनाको अन्तर्वार्ता सम्पन्न भएको छ । तर, यो पटकको अन्तर्वार्तामा पनि दुई जना मात्र उपस्थिति भएका थिए ।

अर्थ मन्त्रालयका अनुसार बोर्डको अध्यक्षको लागि बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आइतबार अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण दिएका छन् ।

बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ भने आज भएको अन्तर्वार्तामा अनुपस्थिति भएका छन् । बोर्डको अध्यक्षको दाबेदार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अगाडि नै अन्तर्वार्ता दिइसकेका छन् ।

योसँगै अन्तर्वार्ता दिने ४ जना पुगेको छ । अर्थ मन्त्रालयले ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले एक जनालाई बोर्डको अध्यक्ष बनाउने प्रक्रिया रहेको छ । अधिकारी र कार्की बोर्डको अध्यक्ष पदमा अन्तर्वार्ता दिएसँगै अध्यक्षको प्रक्रिया अगाडि बढेको छ ।

औपचारिक माध्यमबाट सुनको आयातमा ८६ प्रतिशतले गिरावट

औपचारिक माध्यमबाट सुनको आयातमा ठूलो गिरावट देखिएको छ । भन्सार विभागको विभागको पछिल्लो तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष ०८०/८१ को पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सुनको आयातमा ८६.७५ प्रतिशत बढीले गिरावट देखिएको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा १ अर्ब ४२ करोड ७५ लाख २८ हजार रूपैयाँ बराबरको १ लाख ३२ हजार ५६४ ग्राम सुन आयात भएको छ । जसबाट सरकारले २८ करोड ५५ लाख ७ हजार रूपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।

साथै सोही अवधिमा प्लेटिनम सहितको सुन १ अर्ब ६ करोड २९ लाख ४२ हजार र विभिन्न सुनका सामग्री १९ करोड ८ लाख १ हजार बराबरको आयात भएको छ ।

तर, अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नेपालमा ८ अर्ब २० करोड ८१ लाख ७० हजार रूपैयाँ बराबरको १० लाख ५ सय ग्राम सुन औपचारिक माध्यमबाट आयात भएको थियो । सो आयात प्रक्रियामा सरकारले १ अर्ब २३ करोड १२ लाख ३७ हजार राजस्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष ०८०/८१ को सोही अवधिमा नेपालमा औपचारिक माध्यमबाट ६९ करोड ९२ लाख २५ हजार रूपैयाँ बराबरको प्लेटिनम सहितको सुन र ११ करोड ३२ लाख ४५ हजार रूपैयाँ बराबरको सुनका विभिन्न सामग्री आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् सुनमा लगाउँदै आएको भन्सार राजस्व १५ प्रतिशतबाट बढाएर २० प्रतिशत र भारतले घटाएर ६ प्रतिशतमा झारेपछि नेपालमा औपचारिक माध्यमबाट आयात हुने सुनको मात्रा घट्न पुगेको देखिन्छ । व्यवसायीहरूले पनि अहिले नेपालको सुनबजार भन्सार छलीको सुनले भरिएको बताउने गरेका छन् ।

धरहरा खुलेपछि चढ्न झुम्मिए सर्वसाधारण

काठमाडौंको सुन्धरास्थित धरहरा आइतबारबाट सःशुल्क खुला गरिएको छ । केही समयअघि निस्शुल्क रुपमा धरहरा चढ्न सक्ने व्यवस्था थियो । तर आइतबारबाट सस्शुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको हो ।

धरहरा चढ्न प्रतिब्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट पाउने छन् । सार्क मुलुकका नागरिकलाई ५ सय, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ । धरहरा परिसरमा मात्रै प्रवेश गर्न ५० रुपैयाँ तोकिएको छ । धरहरा खुला भएसँगै टिकट काटेर चढ्नेको घुइँचो लागेको छ ।

धरहरा हेर्न पुगेका सर्वसाधारणले नयाँ चढ्न सहज भएको भन्दै खुसी व्यक्त गरे । त्यस्तै केहीले टिकट व्यवस्थापन सहज गर्न र शुल्क घटाउन सुझाव दिएका थिए । भुकम्पपछि निर्माण गरिएको धरहरा गत असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको थियो ।

सञ्चालनमा ल्याएको दुई महिना नबित्दै लिफ्ट बिग्रिएर बन्द भएको धरहरा पुनः शुल्कसहित सञ्चालनमा ल्याइएको हो ।

१३ अंकले घट्यो शेयर बजार

आइतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १३।०३ अंकले घटेको छ । साताको पहिलो शेयर बजार ०।४८ प्रतिशतले घटेर २६६७।४० विन्दुमा आएको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ ।

आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ ।

आज लगानी समूह ०।०८ प्रतिशतले बढेर १०४।६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०।६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी विकास बैंक १।६३ प्रतिशतले घटेर ५ हजार ५२६।१९ विन्दुमा पुगेको छ ।

द क्लिफलाई उत्कृष्ट करदाताको सम्मान

बाग्लुङ क्षेत्रलाई एडभेन्चर हबका रुपमा विकास गर्न लागिरहेको पर्यटकीय गन्तव्य द क्लिफ नेपाललाई आन्तरिक राजश्व कार्यालय, बाग्लुङले उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको छ ।

पर्वत जिल्लामा दर्ता रहेका करदाताहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस(२०८१को अवसरमा कार्यालयले सम्मान गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले क्लिफका अध्यक्ष राजु कार्कीलाई कर दिवस(२०८१ का सन्दर्भमा आयोजित कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चेयर लगायत गतिविधि सञ्चालनमा छन् ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।

यससम्बन्धी सम्झौतामा बैङ्कका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् । बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा ९ईएमआई० समेत प्रदान गर्ने सम्झौता भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्झौताअनुसार बैङ्कका ग्राहकहरुले समाज डेन्टलमा बैंकको डेबिटर क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । यसका साथै, बैङ्कका ग्राहकले एक्स(रे बाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुष्ट १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

सीजी मोटर्सले बागडोलमा खोल्यो डेडिकेटेड ईभी सर्भिस सेन्टर

सीजी मोटर्सले ललितपुरको बागडोलमा नयाँ डेडिकेटेड ईभी सर्भिस सेन्टर ९सेवा केन्द्र० सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय विद्युतीय सवारीसाधनसमेत आयात र बिक्री गरिरहेको कम्पनीले बागडोलको सर्भिस सेन्टर आइतबार उद्घाटन गरेको हो । उक्त सेवा केन्द्रको उद्घाटन सिजी ग्रुपका अध्यक्ष तथा नेपालका संघीय संसदका सदस्य विनोद चौधरीले गरे ।

सीजी मोटर्सले काठमाडौं उपत्यकामा स्थापना गरेको यो दोस्रो सर्भिस सेन्टर हो । सीजी मोटर्सले २२ स्थानहरूमा बिक्री र डिलर नेटवर्क विस्तार गरिसकेको छ । कम्पनीले विद्युतीय सवारीसाधन चार्ज गर्न आगामी दिनमा एक सयभन्दा बढी स्थानमा चार्जिङ पोइन्ट विस्तार गर्ने जनाएको छ । हाल सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस टूजी चार्जिङ पोइन्ट जडान गरेको पनि उल्लेख गरेको छ ।

हाल सिजी मोटर्सको सर्भिस सेन्टरले सीजी मोटर्स अन्तर्गत आयन, एक्सपेङ, स्मार्ट, नेटा, रिद्दारा र दयुन लगायतका विभिन्न ब्राण्डका सवारीसाधन बिक्री गरिरहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ६ : २८ बजे

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण

खानामा कपाल भेटिए के गर्ने ?

काठमाडौं– खानामा कपाल पर्नु, झर्नु वा भेटिनु साधारण कुरा हो

मासु खानेको स्वार्थ र बलिप्रथा

बलिको अर्थ आफैंभित्र रहेको पशु जस्तो स्वभावलाई मार्ने हो, निर्दोष

प्रविधिको प्रयोगले सुन्तला ग्रेडिङमा सहज

स्याङ्जा– सुन्तला ग्रेडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ ।

एनपीएल : आज कर्णाली र काठमाडौं, विराटनगर र लुम्बिनीको प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार दुई खेल