धरहरा खुलेपछि चढ्न झुम्मिए सर्वसाधारण (तस्बिरहरू) | Khabarhub Khabarhub

धरहरा खुलेपछि चढ्न झुम्मिए सर्वसाधारण (तस्बिरहरू)


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको सुन्धरास्थित धरहरा आइतबारबाट स:शुल्क खुला गरिएको छ ।

केही समयअघि नि:शुल्क रुपमा धरहरा चढ्न सक्ने व्यवस्था थियो । तर आइतबारबाट स:शुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको हो ।

धरहरा चढ्न प्रतिब्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट पाउने छन् ।

सार्क मुलुकका नागरिकलाई ५ सय, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ । धरहरा परिसरमा मात्रै प्रवेश गर्न ५० रुपैयाँ तोकिएको छ । धरहरा खुला भएसँगै टिकट काटेर चढ्नेको घुइँचो लागेको छ ।

धरहरा हेर्न पुगेका सर्वसाधारणले नयाँ चढ्न सहज भएको भन्दै खुसी व्यक्त गरे । त्यस्तै केहीले टिकट व्यवस्थापन सहज गर्न र शुल्क घटाउन सुझाव दिएका थिए ।

भुकम्पपछि निर्माण गरिएको धरहरा गत असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको थियो ।

सञ्चालनमा ल्याएको दुई महिना नबित्दै लिफ्ट बिग्रिएर बन्द भएको धरहरा पुनः शुल्कसहित सञ्चालनमा ल्याइएको हो ।

 

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ५ : १५ बजे

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३

स्पेनमा प्रधानमन्त्रीले भने- नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि

खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा

खाँदबारी– खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा १५ शय्याको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्