दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने « Khabarhub

दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतले भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

साइबर क्राइम कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेका उनलाई पहिलो पटक दिइएको म्याद सकिएपछि दोस्रो पटक ५ दिन म्याद लिइएको हो ।

अदालतले प्रसाईंको उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई आदेश दिएको छ । क्यान्सरका बिरामी प्रसाईंले नियमित औषधि खानुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा २१ करोड अमेरिकी डलर लगानी गरेको दाबीसहित भिडिओ सार्वजनिक गरेपछि प्रहरीले उनलाई भक्तपुरस्थित घरैबाट पक्राउ गरेको थियो ।

प्रसाईंविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराधलगायतका कसुरमा अनुसन्धान अघि बढाइरहेको छ । उनी अहिले साइबर ब्यूरो भोटाहिटीको हिरासतमा छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ६ : ५१ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र