धितोपत्र बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस « Khabarhub

धितोपत्र बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । आइतबार बिहान बाँकी रहेका २ जनाको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण सकिएपछि समितिले अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

समितिले सन्तोषनारायण श्रेष्ठ, नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम अध्यक्षको नियुक्तिको लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । सिफारिस समिति स्रोतका अनुसार सन्तोषनारायण श्रेष्ठको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ । सो सिफारिससँगै लामो समयदेखि रिक्त रहेको सेबोनले अब नेतृत्व पाउने देखिएको छ ।

गत पुस २१ गते बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै अर्थ मन्त्रालयले ढिलोगरी गत फागुन ३ गते मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । सो समितिले फागुन १६ गते अध्यक्षको लागि आवेदन खुला गरेर चैत २४ गतेमात्रै सर्टलिस्ट नाम प्रकाशन गरेर गत असार २ गते अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर, सर्टलिस्टमा परेका तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि समितिले प्रक्रिया नै रद्द गरेको थियो ।

तर, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भएका सन्तोषनारायण श्रेष्ठले प्रक्रियालाई अगाडि बढाउन माग गर्दै सर्वोच्चमा दायर गरेको रिटकै पक्षमा अन्तरिम आदेश दिएपछि प्रक्रिया अगाडि बढेको हो ।

सरकारी उच्च स्रोतका अनुसार अबको पहिलो मन्त्रिपरिषद् बैठकले नै सेबोनको अध्यक्ष नियुक्ति गर्नेछ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ९ : ३४ बजे

साताको कार्टुन : खिल निकाल्ने वर्ष

काठमाडौँ – काठमाडौँ उपत्यकाका सार्वजनिक क्षेत्र ओगटेर बनेका अव्यवस्थित बस्ती

आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

काठमाडौँ- वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ

राधास्वामीको टहरामा सुकुम्बासी: टेन्टभित्रको रात, खाजामा भुजा र चिया

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि घरबारविहीन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टाको अवधिमा २

रुखबाट लडेर वृद्धको मृत्यु

बाजुरा– बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु