दुर्गा प्रसाईं अस्पताल भर्ना | Khabarhub Khabarhub

दुर्गा प्रसाईं अस्पताल भर्ना


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पताल भर्ना गरिएको छ । आइतबार साँझ उनलाई वीर अस्पताल भर्ना गरिएको हो ।

जिल्ला अदालत काठमाडौंमा प्रसाईँले आफू क्यान्सरको विरामी भएको बताएपछि अदालतले उनको उचित उपचारको व्यवस्था मिलाउन भनेको थियो । त्यसपछि उनलाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको एक जना प्रहरी अधिकृतले जानकारी दिए ।

अदालतले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा २१ करोड अमेरिकी डलर लगानी गरेको दाबीसहित भिडिओ सार्वजनिक गरेपछि प्रहरीले उनलाई भक्तपुरस्थित घरैबाट पक्राउ गरेको थियो ।

प्रसाईंविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराधलगायतका कसुरमा अनुसन्धान अघि बढाइरहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १० : ४८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’