दिगो विकासमा भारत प्रतिबद्ध : प्रधानमन्त्री मोदी « Khabarhub

दिगो विकासमा भारत प्रतिबद्ध : प्रधानमन्त्री मोदी


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक दिगो विकासमा प्रतिबद्ध रहेको जनाएका छन् । ब्राजिलको रियो डे जेनेरोमा आयोजित जी २० शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले आफ्नो मुलुक दिगो विकासप्रति प्रतिबद्ध रहेको जनाएका हुन् ।

जी २० को दिगो विकास र ऊर्जा संक्रमणसम्बन्धी कार्यक्रममा भारतले दिगो विकासका लागि आवास, जलस्रोत, ऊर्जा र सरसफाइका क्षेत्रमा पहल गरिरहेको उल्लेख गरे । प्रधानमन्त्री मोदीले पेरिस जलवायु सम्झौतामा उल्लेखित लक्ष्य प्राप्त गर्ने दिशातर्फ भारत लागिरहेको समेत जानकारी दिए ।

भारतीय समाचार संस्था एएनआईका अनुुसार उनले भारतले दिगो विकासलाई बढावा दिन ‘ग्लोबल साउथ’ का मुलुकहरुसँग सहकार्य गरिरहेको बताए । जी २० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले ब्राजिल, दक्षिण कोरिया, अमेरिका, इजिप्टलगायत मुलुकका शीर्ष नेताहरुसँग भेटवार्ता समेत गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १ : ५५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली