ट्रम्पका सहयोगीले हजारौँ डलर यौन तथा लागूऔषधमा खर्चिएको खुलासा « Khabarhub

ट्रम्पका सहयोगीले हजारौँ डलर यौन तथा लागूऔषधमा खर्चिएको खुलासा


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – रिपब्लिकका पूर्व काँग्रेस सदस्य म्याट गेयट्जले यौन र लागु पदार्थमा हजारौँ डलर खर्च गरेको रिपोर्ट अमेरिकी संसद् संसद्को इथिक कमिटीले प्रकाशन गरेको छ ।

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले देशको कानुनी निकायको उच्च ओहदामा नियुक्त गर्न चाहेका उनले यौन दुर्व्यवहारको लामो शृङ्खला नै भएको पुष्टि भएको छ ।

सो कमिटीको छानबिन गर्दा सन् २०१८ मा बहमासको भ्रमणमा गएको समयमा उनले एकदमै धेरै उपहार लिएको पनि प्रमाणित भएको छ । पूर्व विधायक उनले भने आफूविरुद्ध अफवाह फैलाउन चाहेकाहरूले यो सबै प्रचार गरेको बताउँदै यसलाई नियोजित भनेका छन् ।

यसअघि उनलाई महान्यायाधिवक्ता नियुक्त गर्ने गरेको निर्णयबाट ट्रम्प पछि हटिसकेका छन् । इथिक रिपोर्टका अनुसार उनले संसद्को धेरै नियम भङ्ग गरेको मात्र होइन, यौन व्यवसायलाई प्राथमिकता दिएको, वैधानिक बलात्कार गरेको, अवैध लागूऔषधलाई प्राथमिकता तथा अनावश्यक उपहार लिँदै संसद्को गरिमा घटाएको पाइएको छ ।

उनीमाथि संसद्को कामलाई अघि बढाउन पनि अड्चन खडा गरेको आरोप लगाइएको छ ।
सन् २०१७ देखि २०१२ को बिचमा गेयट्जले १२ विभिन्न महिलालाई समेत गरी ९० हजार अमेरिकी डलर दिएका रहेछन् । सो रकम अवैध लागूऔषध तथा यौनका लागि दिइएको दाबी रिपोर्टमा गरिएको छ ।

सन् २०१७ मा एक पार्टीमा उनले १७ वर्षीया बालिकालाई यौन खरिद गर्नका लागि ४०० अमेरिकी डलर प्रदान गरेका थिए । बालिकाले त्यो बुझेर यसलाई अस्वीकार गरेकी थिइन् ।
गेयट्जे भने सोमबार बिहानसम्म आफूमाथि पूर्वाग्रही भएका कारण सो रिपोर्ट बाहिर ल्याउन लागेको बताए ।

फ्लोरिडाका पूर्व सांसद उनी सन् २०१६ मा अमेरिकाको राष्ट्रपतिका निर्वाचित भएपछि थप शक्तिमा आएका थिए ।

गत साता ट्रम्पले महान्यायाधिवक्ता चयन गरे पछि उनले पदबाट राजीनामा दिएका थिए । ट्रम्पविरुद्ध लगाइएको धेरै आरोपको सामना गर्नका लागि कानुन व्यवसायी सफल हुने विश्वासका साथ सो कदम उनलाई महान्यायाधिवक्ता चयन गरिएको हो । सन् २०२० को क्यापिटल हिल प्रकरणमा उनले ट्रम्पलाई सहयोग गरेका थिए ।

धेरै सांसद्हरुले नै उनको नियुक्तिमा आपत्ति जनाएका कारण कारण ८ दिन पछि गेयट्ज आफै सो निर्णयमा पछि परेका थिए । त्यसपछि ट्रम्पले पाम बियोन्डीलाई नयाँ महान्यायाधिवक्ता चयन गरेका हुन् ।

 

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ६ : २२ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले