च्यासलको क्याफेमा ग्राहकको हत्या, काउन्टरका कर्मचारी पक्राउ, मालिक पनि समातिए « Khabarhub

च्यासलको क्याफेमा ग्राहकको हत्या, काउन्टरका कर्मचारी पक्राउ, मालिक पनि समातिए


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिका-९ च्यासलस्थित एक क्याफेका कर्मचारीले ग्राहकको हत्या गरेका छन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर कोइरालाका अनुसार गएराति क्याफेमा आएका ग्राहकको काउन्टरमा कार्यरत कर्मचारीले हत्या गरेका हुन् ।

बिल तिर्ने विषयमा विवाद हुँदा च्यासलस्थित टाउन अफ क्याफेको काउन्टरमा काम गर्ने कर्मचारीले ग्राहकलाई चक्कु हानेर ज्यान लिएको खनालले बताए ।

विवादपछि काउन्टरमा काम गर्ने कर्मचारी डडेलधुरा घर भई ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टलले सुनसरीको इटहरी घर भएका २३ वर्षीय नयन गुरूङ हत्या गरेका हुन् ।

यी दुईजनाबीच विवादपछि क्याफेबाहिर कुटाकुट भएको थियो । त्यही क्रममा क्याफेको काउन्टरमा काम गर्ने भट्टले गुरुङलाई चक्कु हान्दा ज्यान गएको खनालले बताए ।

भट्टलाई सोमबार राति नै ललितपुर प्रहरीले पक्राउ गरिसकेको छ । भट्टले विवादका क्रममा चक्कु हान्दा गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि बीएण्डबी अस्पताल ग्वार्को लगिएको थियो । तर उनको उपचारका क्रममा ज्यान गएको हो ।

घटनाको खबर पाएलत्तै प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले भट्टलाई पक्राउ गरी हिरासतमा लिइसकेको छ ।

प्रहरीले यो घटनाको थप अनुसन्धानका लागि क्याफेका सञ्चालक र कुकलाई नियन्त्रणमा लिएको खनालले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ११ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय