काठमाडौं–नागरिक लागा नि कोषले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई बोनस दिने भएको छ । कम्पनीका सञ्चालक समिति सचिव नवराज खड्काका अनुसार कम्पनीले १३ प्रतिशत बोनस दिने भएको हो ।
कोषले चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने भएको छ । लाभांश प्रस्ताव पारित सहित विभिन्न एजेन्डा पारित गर्ने कोषले पुस २९ गते सोमबार वार्षिक साधारणसभा गर्ने भएको छ ।
कोषले विशान ११ बजेदेखि आफ्नो केन्द्रीय कार्यालय, सिआईटी विल्डिङ, नयाँ बानेश्वर, काठमाडौंमा ३० औँ वार्षिक साधारणसभा गर्ने भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते सोमबार एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म कायम हरेका शेयर धनिले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।
प्रतिक्रिया