दुईदलीय कार्यदल बनाएर संविधान संशोधनको प्रक्रिया हुन्छ : गृहमन्त्री  | Khabarhub Khabarhub

दुईदलीय कार्यदल बनाएर संविधान संशोधनको प्रक्रिया हुन्छ : गृहमन्त्री 


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशन तथा ४२ औँ वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको समेत दाबी गरे ।

उनले छिटै दुई दलीय कार्यदल बनाएर छलफल सुरु गर्ने बताउँदै संविधान संशोधनका लागि राष्ट्रिय सहमति बनाउने समेत तर्क सुनाए ।

संविधानको समीक्षाका साथै विषयवस्तुको पहिचान गरेर संशोधनको प्रक्रिया अघि बढाइने उनको भनाइ छ । गृहमन्त्री लेखकले संविधान संशोधनका लागि भने केही समय लाग्ने जनकारी गराए ।

उनले समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउनका लागि संविधान संशोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।

लेखकले संविधानको भावना अनुसारको कानुन बन्न नसकेकाले दलित समुदायको अधिकार प्रत्याभूत हुन नसकेको उल्लेख गर्दै दलित समुदायको अधिकार स्थापित गर्नका लागि थप कानुन निर्माण गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  २ : ३८ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई