देशको आर्थिक विकास गर्न सरकार क्रियाशील छ : उपाध्यक्ष  बराल « Khabarhub

देशको आर्थिक विकास गर्न सरकार क्रियाशील छ : उपाध्यक्ष  बराल


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनहरी – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष गुरुप्रसाद बरालले देशको आर्थिक विकासका साथै विकास–निर्माणका कामलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताएका छन् ।

एमाले बागमती प्रदेश संसदीय दलले मंगलबार आयोजना गरेको प्रशिक्षणमा सुशासन कायम गर्दै जनताका चाहना पूरा गर्नेतर्फ सरकार लागेको बताए।

उनले आर्थिक समृद्धि र सुशासनलाई वर्तमान सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको र पार्टीले पनि त्यसमा निरन्तर सहयोग गर्दै आएको बताए।

मुलुकमा सुशासन कायम गर्न पार्टीका सबै तहका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

 विधिको शासन नमान्नेलाई कारबाही गर्नु राज्यको दायित्व हो भन्दै उपाध्यक्ष बरालले एमालेका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरुले सुशासनविरुद्ध काम गर्नेलाई कानुनको कठघरामा उभ्याउन सघाउनुपर्ने बताए।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ४ : १९ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो