विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई « Khabarhub

विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीस्थित एक सामुदायिक विद्यालयका कलिला विद्यार्थीलाई क्रिश्चियन धर्म परिवर्तन गराउन प्रवचन दिँदै हिँडेका एकजना पक्राउ परेका छन् ।

लम्कीचुहा नगरपालिका–१  स्थित लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । उनले विद्यार्थीलाई क्रिश्चियन धर्मतिर आकर्षित गर्न विद्यालयमै पसेर प्रवचन दिएको भिडिओ भाइरल भएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टका अनुसार भट्टराईलाई विद्यार्थीमाझ धर्म परिवर्तन गराउने गतिविधि गरेको अभियोगमा पक्राउ गरिएको बताए ।

धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेका उनलाई अदालतबाट म्याद थपिएको छ ।

भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामाग्री बाँड्ने भन्दै विद्यार्थीलाई क्रिश्चियन धर्ममा लाग्न प्रेरित गरेको भिडियो भाइरल भएको छ।

उनले लम्कीचुहा नगरपालिका–१ मा स्थित शहिद स्मृती माध्यमिक विद्यालयमा विद्यार्थीलाई बाइबल र इसुबारे प्रचार गर्दै इसाई धर्म अंगाल्न भनेको भिडियोे सामाजिक सञ्जाल तातेको छ ।

उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले चासो दिएर अनुसन्धान प्रक्रिया थालेको थियो। त्यसपछि उजुरी लिएर भट्टराईलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ४ : ५२ बजे

स्याङ्जामा धान उत्पादन बढ्यो

वालिङ– गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा