वायुसेवा निगमको आन्तरिक उडान ठप्प | Khabarhub Khabarhub

वायुसेवा निगमको आन्तरिक उडान ठप्प


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ । उडानमा रहेको एक मात्रै ट्विनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो ।

निगमसँग आन्तरिक उडानमा दुई थान ट्विनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ भने अर्को पनि हालै ग्राउण्डेड भएको छ ।

प्राविधिक समस्या आएकाले आइतबारदेखि आन्तरिक उडान हुन नसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए। उनले ताकेता गरेर सकेसम्म चाडै विमान उडान सेवा सञ्चालन गरिने बताए।

‘प्राविधिक समस्या आएकाले केही समयलाई विमान ग्राउण्डेड भएको हो’ उनले भने,’समस्या समाधानका लागि आवश्यक प्रक्रियामा सुरु भइसकेको छ । अघिल्लो विमान ग्राउण्डेड भएलगत्तै यो प्रक्रिया सुरु भएको हो ताकेता गरेर छिट्टै काम हुन्छ ।’

निगमले काठमाडौँ र क्षेत्रीय हब विमानस्थलबाट दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएको छ । निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० विमान छन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ६ : ११ बजे

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता शुरु

सिन्धुपाल्चोक– आजदेखि पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष

ओलीले संसद् छलेर अध्यादेशको बाटो हिँड्दा कांग्रेस पिछलग्‍गु भयो : माधव सापकोटा (अन्तर्वार्ता)

काठमाडाैं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सहकारीको कर्जा परिचालनमा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं– सरकारले अध्यादेशमार्फत सहकारी क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ कानुन जारी गरेसँगै

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको शानदार सुरुवात

काठमाडौं– नेपाल एपीएफ क्लबले शानदार सुरुवात गरेको छ । नेपाल

एन्फा यूथ लिग : हिमालयन शेर्पालाई हराउँदै सातदोवाबाटो विजयी

काठमाडौं – सातदोबाटो यूथ क्लबले विजय हासिल गरेको छ । एन्फा