विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँ : प्रदेश प्रमुख मियाँ « Khabarhub

विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँ : प्रदेश प्रमुख मियाँ


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका छन्।

दलित विकास सेवा केन्द्र, दलित महिला अधिकार मञ्च नेपाल र राष्ट्रिय दलित नेटवर्कको संयुक्त आयोजनामा आज धनगढीमा आयोजित कार्यक्रममा उनले विभेद र छुवाछुत अन्त्य नहुँदासम्म समाज र देशको विकास हुन नसक्नेसमेत बताए।

‘छुवाछुत र विभेद अन्त्य नहुँदासम्म मुलुकको विकास हुन सक्दैन । अहिलेको अवस्थामा कुनै पनि नामका विभेद कायम रहनु शोभनीय होइन । त्यसैले जात वा धर्मका नाममा हुने  विभेद अन्त्य गरेर प्रदेश र देशको विकास गर्नु सबैको जिम्मेवारी हो’, प्रदेश प्रमुख मियाँले भने ।

उनले दलित समुदायका लागि संविधानमा पर्याप्त अधिकारहरू दिइएकाले ती अधिकार कार्यान्वयनमा सबै इमानदार बन्नुपर्नेमा जोड दिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले समाजलाई विभेदमुक्त बनाउन सरकार लागिरहेको र यसमा सबैको सहयोग आवश्यक रहेको धारणा राखे । सामाजिक विकासमन्त्री मेघराज खड्काले दलित समुदायको अधिकार स्थापित गर्ने गरी सरकारले  कानुन निर्माणको तयारी गरिरहेको बताए।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लक्ष्मी विक, प्रदेशसभा सदस्य ललिता सुनारलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ६ : ४० बजे

रैथाने परिकारसम्बन्धी सीप विकास तालिम सञ्चालन

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मराङमा रैथाने बाली परिकारसम्बन्धी

प्रतिपक्षीको एकै स्वर- अध्यादेशबाट होइन, संसद् बैठक बोलाऔँ

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरुले संसद बैठक आह्वान

न्यायाधीशमाथि महाअभियोग : सत्तापक्षको निर्णय कुर्दै कांग्रेस 

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगबारे सत्तापक्षको

सरकारको कार्यशैलीमाथि एमालेको टिप्पणी- राज्यको जिम्मेवारी भाँडाकुटी खेल झै बनाए

काठमाडाैँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिले

बाढी प्रभावित बेथानचोकका सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण

काभ्रे – गत कात्तिक १३ र १४ गतेको बाढीबाट प्रभावित